०७ साउन २०८३, बिहीबार

बच्चा जन्माउन नसकेकाे भन्दै पतिको हत्या !

पुस २०, २०७७
बच्चा जन्माउन नसकेकाे भन्दै पतिको हत्या !

समाजमा दैनिक कुनै न कुनै अपराधिक घटनाहरु भइरहेका हुन्छन् ।

केही घटना त यस्ता सम्म पनि हुन्छन् कि जसको वास्तविकता थाहा पाएपछि यतिका लागि पनि कसैको हत्या हुनसक्छ र ? भनेर धेरैले प्रश्न गर्ने गर्दछन् । 

हालै भारतको राजधानी दिल्लीमा यस्तै अनौठो हत्या भएको छ । जहाँ एक महिलाले आफ्नै पतिको चक्कु प्रहार गरी निर्मम तरिकाले हत्या गरेकी छन् । 

३६ वर्षीया रेणुका शर्माले बच्चा जन्माउन नसकेको भन्दै आफ्ना ३७ वर्षीय पति चिराग शर्माको हत्या गरेकी छन् । घटना आइतबार रातिको हो ।

हत्यापछि घर मालिकले प्रहरीलाई खबर गरेका थिए । जब प्रहरी पुग्यो त्यसबेला कोठाको भित्रपट्टीबाट ढोका बन्द थियो । 

प्रहरीले ढोका फोडेर भित्र पस्दा महिलाका पति चिराग बेहोसीको अवस्थामा पल्टिएका थिए । उनको शरीरभरी चक्कु रोपिएको थियो । रेणुका पनि बेहोसीकै अवस्थामा थिइन् ।

प्रहरीले चिरागलाई उपचारका लागि अस्पताल लगे पनि उनको मृत्यु भइसकेको छ । 

घटनापछि हत्या आरोपमा रेणुकाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । प्रहरीका अनुसार उनीहरु दुवै जना एकै कम्पनीमा काम गर्ने गर्दथे ।

लामो समयदेखि बच्चा नजम्मेपछि पति पत्नीबीच विवाद हुँदै आएको थियो । 

पत्नीले बच्चा जन्माउने नसकेको भन्दै पतिसँग डिभोर्स मागिरहेको घर मालिकले प्रहरीलाई जानकारी दिएका छन् ।

तर, चिरागले डिभाेर्स दिन मानेका थिएनन् । प्रारम्भिक अनुसन्धानबाट बच्चा नजन्मेकै कारण हत्या भएको प्रहरीले बताएको छ । 

कमेन्ट गर्नुहोस्