
बदलिँदो समयसँगै प्रेमको परिभाषा पनि बदलिँदो छ । बिहेअघि कुनै प्रकारका शारीरिक सम्बन्धबाट हाम्रो संस्कारले वर्जित गरेको छ ।
तर, पश्चिमा संस्कृतिको प्रभाव हावी भएसँगै प्रेममा परेपछि अंगालो हाल्नु, चुम्बन गर्नु र शारीरिक सम्बन्धसम्म राख्नु सामान्य भएको छ ।
यस्तोमा एक प्रेमीले आफ्नी प्रेमिकासँग एक चुम्बन माग्नु कुनै अनौठो कुरा होइन । तर, प्रेमिकासँग एक चुम्बन मागेकै आरोपमा एक युवकले जेलको हावा खानुपरेको छ । यो घटना हाम्रै छिमेकी देश भारतको चेन्नईमा भएको हो ।
चेन्नईकी एक युवतीले आफ्नो प्रेमीलाई एक अनौठो प्रस्ताव राखिन् । सर्तका कारण प्रेमी सिधै जेल पुगे । जब प्रहरीले युवकसँग सोधपुछ गरे तब ती एक चुम्बनका कारण यस्तो भएको बताएका छन् ।
उनले आफ्नी प्रेमिकासँग एक चुम्बन मागेका थिए । तर, उनकी प्रेमिकाले अनौठो सर्त राखिन् । प्रेमिकाले उनीसँग चेन्नईको सडकमा बुर्का लगाएर घुमेपछि मात्रै चम्बन दिने बताइन् ।
प्रेमिकाले भनेअनुसार युवक चेन्नईको रोयायेट्टा इलाकामा बुर्का लगाएर घुम्न थाले । उनले बुर्का लगाएका थिए भने खुट्टामा चप्पल लगाएका थिए । उसलाई देखेर मानिसहरु चोर चोर भन्दै कराउन पनि थाले ।
त्यो देखेर मानिसहरुले उनलाई महिला नभएको शंका गर्दै केही समयपछि चोर भन्दै उसलाई समातेर प्रहरीको जिम्मा लगाए । सोधपुछका क्रममा युवकले आफ्नी प्रेमिकाको सर्तका कारण बुर्का लगाएर घुम्नुपरेको बताए ।