चैत २७, २०८०
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
पुस २१, २०७७
पछिल्लो समय वाणिज्य बैंकहरूमा ब्याजदर घटाउन होडबाजी चलेको छ । कतिपय बैंकले मुद्दती खातामा ब्याजदर घटाउँदै एक वर्षभन्दा तलको निक्षेपको ब्याजदर ४ प्रतिशतमा सीमित गरेका छन् ।
एक वर्षभन्दा कम समयका लागि गरिने मुद्दती निक्षेपको ब्याजदर ७.५० प्रतिशतभन्दा बढी कुनै बैंकले पनि दिएका छैनन् ।
भदौ महिनामा मात्रै ८ प्रतिशत ब्याज दिएका बैंकहरूले पनि अहिले ब्याजदर घटाइसकेका छन् । बैंकहरूले निक्षेपमा धमाधम ब्याजदर घटाउन थालेपछि उपभोक्ताहरू निराश हुन थालेका छन् ।
कोरोना महामारीका बीचमा केही रकम बचाएर जम्मा गर्दा पनि ब्याजदर घट्न थालेपछि उपभोक्ताहरू निराश बनेका हुन् ।
कुन बैंकले कति दिन्छन् ब्याजदर ?
अगाडि कायम गरिएको ब्याजदरलाई संशोधन गर्दै वाणिज्य बैंकहरूले गत पुस १ गते मुद्दती निक्षेपमा नयाँ ब्याजदर लागू गरेका छन् ।
जसअनुसार, २७ वाणिज्य बैंकमध्ये नेपाल एसबीआई बैंकले मुद्दती निक्षेपमा एक वर्षसम्मको अवधिमा सबैभन्दा कम ब्याज दिने गरेको छ ।
यस बैंकले मुद्दतीमा १ वर्षभन्दा कम समयका लागि ४ प्रतिशत ब्याजदर कार्यान्वयनमा ल्याएको छ ।
एसबीआईले १ वर्षदेखि २ वर्ष, २ वर्षदेखि ३ वर्ष र ३ वर्षदेखि १० वर्षसम्मका लागि क्रमशः ५ प्रतिशत, ५.५० प्रतिशत र ६.५० प्रतिशत ब्याजदर कार्यान्वयनमा ल्याएको छ ।
यस्तै सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले १ वर्षसम्मको मुद्दती निक्षेपमा ५.५० प्रतिशत ब्याज दिन थालेको छ । बैंकले १ वर्षभन्दा बढी समयका लागि भने ७ प्रतिशत ब्याजदर घोषणा गरेको छ ।
कृषि विकास बैंकले १ वर्षसम्मको मुद्दती निक्षेपमा ७.२५ प्रतिशत ब्याजदर लागू गरेको छ । १ वर्षभन्दा बढी समयका लागि पनि बैंकले सोही ब्याजदर कायम गरेको छ ।
एनएमबी बैंकले १ वर्षसम्मको मुद्दती निक्षेपमा ६.५० प्रतिशत र १ वर्षभन्दा बढी समयका लागि ७.७५ प्रतिशत ब्याजदर लागू गरेको छ ।
एनआईसी एशिया बैंकले १ वर्षसम्म र सोभन्दा बढी दुवै प्रकारको मुद्दती निक्षेपमा ६.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।
यस्तै, एनसीसी बैंकले १ वर्षभन्दा कम समयका लागि ६.२५ प्रतिशत ब्याजदर तोकेको छ भने १ वर्षभन्दा बढी समयका लागि ७ प्रतिशत ब्याजदर कायम गरेको छ ।
कोरोना महामारीका कारण अर्थतन्त्र सुस्त भएको र बैंकमा कर्जाको माग कम भएका कारण निक्षेपमा ब्याजदर कम हुन गएको बैंकरहरू बताउँछन् ।
बैंकर्स भन्छन् : अझै केही घट्न सक्छ
पूर्व बैंकर अनलराज भट्टराई बैंकमा कर्जाको माग नहुँदा त्यसको असर निक्षेपमा समेत परेको बताउँछन् ।
‘बचतको दर बढ्दो क्रममा रहेको अहिलेको अवस्थामा कर्जाको माग भने निकै कम भएको देखिन्छ, त्यसैकारण पनि निक्षेपको ब्याजदर घटाएको पाइन्छ,’ लोकान्तरसँग उनले भने ।
उनले कर्जाको माग अझै बढिनसकेको बताउँदै यसो हुँदा मुद्दतीमा ब्याजदर अझै घट्नसक्ने बताए । अझै केही समय अर्थतन्त्र चलायमान हुन समय लाग्ने र कर्जा प्रवाह पनि कम मात्रामा हुने सुनाउँदै यसको प्रभाव मुद्दती निक्षेपमा पर्न जाने उनले सुनाए ।
यता वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष एवं सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहाल केही बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाए पनि सानिमा बैंकले भने बढाएको बताउँछन् । लोकान्तरसँग उनले भने, ‘केही बैंकहरूले मुद्दती निक्षेपमा ब्याजदर घटाए पनि हाम्रोमा भने बढाइएको छ ।
बचतको ब्याजदर अझ अली बढी होस् भन्ने बैंकर्सहरूको चाहना भएको बताउँदै उनले भने, ‘उपभोक्तालाई नकारात्मक ब्याजदर कायम नहोस् भन्ने कुरामा हामी सचेत छौं ।
‘कर्जाको माग बढी भएमा निक्षेपको ब्याजदर बढी हुने र कर्जाको माग कम भएमा मुद्दती निक्षेपको ब्याजदर पनि कम हुने हो,’ उनले भने, ‘अहिले कर्जाको ब्याजदर पनि घटिरहेको छ ।’
के भन्छ राष्ट्र बैंक ?
नेपाल राष्ट्र बैंकका अनुसार, पछिल्लो समय बैंकहरूमा तरलता २ खर्ब ३ अर्ब रुपैयाँ रहेको छ ।
बैंकमा ४२ खर्ब ४३ अर्ब बचत भएको छ भने ३५ खर्ब ६४ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले बताएको छ ।
बजारमा कर्जा प्रवाहको अवस्थामा सुधार हुन नसक्दा बचतको ब्याजदर बैंकहरूले केही समयका लागि मात्रै घटाएको भन्दै विस्तारै यो समस्या समाधान हुँदै जाने राष्ट्र बैंकका सह–प्रवक्ता नारायणप्रसाद पोखरेलले बताए ।
लोकान्तरसँग उनले भने, ‘यो केही समयका लागि मात्रै हो, विस्तारै अटो करेक्सनतर्फ जान्छ ।’
मौद्रिक नीतिको पहिलो त्रैसामिक समीक्षा गर्दै राष्ट्र बैंकले मुद्दती र बचत खातामा ब्याजअन्तर ५ प्रतिशतभन्दा बढी गर्न नपाउने व्यवस्था गरेको थियो ।
बचतमा बैंकहरूले ग्राहकहरूलाई दिने ब्याजदर बढोस् भनेर राष्ट्र बैंकले त्यस्तो नीति लिए पनि यसले प्रभाव पार्न भने सकेन ।
बैंकहरूले त्यसअघि नै मुद्दतीमा दिने ब्याजदर घटाउँदा बचतको ब्याज बढाउनु नपरेको हो ।
सह–प्रवक्ता पोखरेल बिस्तारै कर्जा प्रवाह बढ्दै जाने बताउँदै बैंकहरूले केही समयमा मुद्दतीमा ब्याज बढाउनुपर्ने बताउँछन् ।
उनले भने, ‘कर्जा प्रवाह बढ्नेबित्तिकै बैंकहरूले मुद्दतीमा ब्याज बढाउनुपर्छ, निक्षेपकर्ताहरूले चिन्ता मान्नु पर्दैन ।’
कुन बैंकको कति ब्याजदर ?
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...