०७ साउन २०८३, बिहीबार

डीएसपी छोरीलाई इन्सपेक्टर बुवाले गरे सलाम

पुस २६, २०७७
डीएसपी छोरीलाई इन्सपेक्टर बुवाले गरे सलाम

भारतको आन्ध्र प्रदेशमा तिरुपतिका प्रहरी निरीक्षक श्याम सुन्दरले गुन्टूर जिल्लाकी डीएसपी जेसी प्रशान्तिलाई सलाम गरेका छन् । 

कनिष्ठ अधिकारीले वरिष्ठ अधिकारीलाई सलाम गरेको सामान्य घटना हैन यो । 

श्याम सुन्दर पिता हुन् भने प्रशान्ति छोरी हुन् । आफ्नी छोरीले मेहनत गरेर उच्च पद पाएकोमा पिताले सलाम गरेका हुन् । 

श्याम सुन्दरले वरिष्ठ अधिकारीहरूको स्वागत गर्दै गर्दा छोरीसँग पनि परिचयको अवसर आयो । छोरी डीएसपी भएको देख्दा पिताको छाती गर्वले फुल्यो । उनले नारीशक्तिलाई सम्मान गर्र्दै सलाम गरे । 
 

कमेन्ट गर्नुहोस्