×

NIC ASIA

अमिलो, पिरो, चिजी, रंगिन र देख्नमा आकर्षक भएर मात्र मेक्सिकन खाना विश्वमा लोकप्रिय भएको होइन, यसको आफ्नै पुरानो मौलिकता र इतिहास छ ।

Muktinath Bank

अहिलेको युगमा मेक्सिकन खाना नचाख्ने मानिस कमै होलान् । मेक्सिकनका मौलिक र प्राचीन खानाहरू देख्नमा सफा, आकर्षक, ताजा र स्वादिलो पनि हुन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेक्सिकन व्यञ्जनमा सबै खालका ‘इंग्रिडेन्ट’ प्रयोग गरिने हुँदा प्रायः सबै खानाका स्वाद भिन्नभिन्न हुन्छन् । पिरो र अमिलो बढी रुचाउने मेक्सिकनको खाना उसको देशमा मात्र नभएर अमेरिकन देशहरू र विश्वभर प्रख्यात छ । एसियन देशहरू  लगायत नेपालमा पनि मेक्सिकन स्वाद चखाउने धेरै होटल तथा रेस्टुरेन्ट खुलेका छन् ।


Advertisment
Nabil box
Kumari

खानामा सलाद, सुप, मुख्य खाना, ब्रेकफास्टदेखि डेजर्टसम्म स्तरीय तवरमा विकास भएको छ । नेपालमा खुलेका विभिन्न मेक्सिकन रेस्टुरेन्टले विदेशी र स्वदेशी ग्राहकलाई मेक्सिकोको मौलिक स्वाद चखाइरहेका छन् ।

Vianet communication

प्राचीन समयमा बन्द चुल्हो नहुँदा मेक्सिकनहरू तातेको स्किलेट र सेरामिक भाडामा खुला आगोमा खाना पकाउने र सर्भ गर्ने गर्थे । केराको पातमा हालेर स्टिम गरेर पनि खाना पकाउने चलन थियो । तेल तताएर डिप फ्राइ गर्ने चलन पनि पहिलेदेखिको खाना पकाउने विधि हो ।

ग्रिल्लका लागि मेक्सिकनहरूले पहिला–पहिला डुंगाको बाक्लो चिप्लेटोलाई प्रयोग गरेको इतिहास छ । सल्सा स्पेनिस शब्द (जसलाई ससको रूपमा चिनिन्छ) लाई पछि मेक्सिकनहरूले खुब प्रयोगमा ल्याउन थाले ।

सन् १६५७ पछि मेक्सिकनहरूले चप गरेको टमेटो, सिलेन्त्रो, कागती, आभोगाडो हालेर पिउरी किसिमको ससमा विकास गरे र यो साल्साको रूपमा मेक्सिकनहरूको व्यञ्जनको एक अभिन्न अंग बन्न पुग्यो । यिनीहरूले मौसमी सब्जी, फलफूल तथा माछामासु बढी रुचाउने हुँदा ‘क्याच अफ द डे’लाई प्राथमिकता दिने र सीमित सामग्रीमा मात्र व्यञ्जनमा मिसाउन थाले र एक छुट्टै पहिचान दिएर संसारभर फिजाउन थाले । टोमाटो र टमेटोबाट बनेका पिउरी तथा केचपहरू अहिलेको आधुनिक मेक्सिकन खानाको मुख्य इंग्रिडेन्ट मानिन्छ तथा एलोपानी र चिजको मिश्रण पनि त्यतिकै रुचाइन्छ । 

विश्व बिख्यात मेक्सिकन खानाहरू के–के हुन् ?

मेक्सिकन चप सलाद, अभोकाडो, अरेन्ज एन्ड जिकमा सलाद, स्रिम, अभोकाडो एन्ड टोर्टिला चिप्स सलाद, ससेज अन्द हेर्लोम टमेटो सलाद, ग्रिल कर्न एन्ड सिट्रस सलाद, टङ्गी सन ड्राइ टोमेटो सलाद, बिट्स एन्ड वाल नन सलाद, भेज ताको सलाद, वाटर मेलन फेटा बाइट, मेक्सिकन थ्री बिन सलाद, प्राउन, बिन एन्ड अरुगुला सलाद, स्पाइसी मेक्सिकन सलाद विथ चीज, भेगान ताको सलाद, जिकामा एन्ड बल्याक बिन सलाद, कर्न एन्ड पेपर सलाद, ग्रिल्ल स्विट पोट्याटो एन्ड रेड पेपेर सलाद, जेस्टी रेड पोट्याटो सलाद, टेक्स मेक्स बिन सलाद, साउद वस्टन राइस सलाद, बिफ फजिता सलाद, पास्ता ताको सलाद, मेक्सिकन फिइस्ट चिकन सलाद, बार्ली सलाद, चिल्ली कर्न ब्रेड सलाद, स्ट्रबेरी एन्ड मजितो भिनेग्रेट सलाद, चिकन राइस सलाद, स्मोकी कर्न एन्ड पोर्क सलाद, स्पाइसी रेभीओली सलाद, आलेपेनो पोट्याटो सलाद, चिजी बिफ ताको सलाद, साउथ रेड क्याबेज कोलस्लो, सिलेन्त्रो चिकन सलाद, मान्डारिन आभोगाडो सलाद आदि सलाद आधुनिक मेक्सिकन व्यञ्जनमा निकै लोकप्रिय छन् ।

मेक्सिकन सुप तथा स्टुहरू पनि विश्वभर लोकप्रिय र स्वास्थ्यबद्र्धक मानिन्छ । अल्बोंडिगास, मेनुडो, चिकन टिङ्गा, पोजोले, चिल्ली भार्दे, चिकन आभोगाडो सुप, काल्डो डे सिइट मारेस, काल्डो डे रेस, सोपा डे टोर्टिला, कार्ने इन सु जुगो, सोपा डे लिमा, काल्डो डे किउसो, कल्डो डे कामारुन, काल्डो डे पोलो, बिरिया, सोपा डे पिइड्रा, सोपा डे फिडेओस, काल्डो टियल्पिनो, मेक्सिकन जेलपेनो (हालापेन्यो) सुप जस्ता प्रख्यात छन् । 
 
मेक्सिकोमा साइड डिस अर्थात् मेन खानाको साथ जाने वस्तु पनि त्यतिकै प्रख्यात छन् । साल्साज, प्यटियो पिन्टोस, हलापिन्यो कर्न, सल्सा कर्न केक, कर्न एन्ड बिन्स, चिल्ली क्रिम कर्न, अवोगाडो सल्सा, चिपोट्ली लाइम कर्न कप्स, हलापेन्यो चिकन र्‍याप, स्टिट ग्रिल कर्न, इन्चिलाडा मिटबल, चिल्ली स्टप्प पोब्ल्यानो पोपर्स, सिल्यन्ट्रो लाइम राइस, चिज फिस्टा एप्पीटाइजर, ससेज स्टप्प हलापिन्यो, मेक्सिकन चिकन विङ, बेक बिन्स मोले, गुकामोले, चिसी बिन्स, स्पाइसी रेड राइस, टोमाटिलो सल्सा, चरेट कर्न एन्ड टोमेटो सल्सा, रजस कन क्रिमा, फ्रिजोलेस डे ला ओला, प्लन्टनो फ्रिटो, अरोज भर्डे, अरोज रोजो आदि लोकप्रिय छन् ।

चिकन लोडेड नाजोज पनि मेक्सिकन व्यञ्जनको एक अभिन्न अंग मानिन्छ । नाचोज मकैबाट बनेको एक किसिमको चिप्स हो, जुन गोकेमोले सस वा विभिन्न साल्सासँग पनि स्न्याक्सको रूपमा निकै प्रख्यात छ ।

आफ्नै मौलिकता बोकेको मेक्सिकन खानाको मेन डिसहरू पनि कैयौ छन्, जुन विश्वले खुब रुचाएको मानिन्छ । इन्चिलाडास डे चिले अजो, मेक्सिकन स्टायल स्क्रम्बल एग्ग, पोर्क रिब विथ टोमाटिलो सस, ग्रिल्ल स्टेक टाकोस, चिल्ली स्पाइस ग्रिल्ल चिकन, चिकन एन्ड पोटाटो स्टु (गुइसाडा अल पोलो), चिकन विथ पम्किन सिड टोमाटिलो सस, फिस विथ पिको डे गालो, चिकन विथ पोब्ल्यनो स्टायल मोल सस, चिकन विथ अचियट, एग इन टोर्टिल्ला विथ ह्याम एन्ड पिज, मोलेटेस (मेक्सिकन चिज एन्ड बिन सान्डविच), पम्बोजोस (चोरिजो सन्डडुच विथ साल्सा एन्ड पोट्याटो), चिल्ली रिलेनोस विथ कर्न, पोर्क एन्ड ब्ल्याक बिन स्टु, बिफ विथ गोउजिल्लो चिल्ली स्टु, स्टफ पोब्ल्यान चिल्ली विथ वाल नट सस, कर्न टोर्टिला विथ स्टेक, इन्चिलाडास टोमाटिलो सस, मेक्सिकन पास्ता केसरोल, टाको स्ट्रागनाफ, टाको पिज्जा, स्रीम टोस्टाडस, रन्चेरो टाकोस, मेक्सिकन स्किलेट पाइ, चोरीक्युसो, चिकन फजिता किसिडेला, मेक्सिकन मिट लोफ, ग्रिल्ल स्ट्रिट टकोस, बेक बिन किनोवा स्टफ जुकुनी, कर्न ब्रेड ताको बेक, चिकन इन्चिलाडा पास्ता, मिट लोफ विथ चिपोट्ली सस, साल्सा चिकन इन्चलाडा आदि अति नै प्रख्यात रूपमा संसारभर रुचाइन्छ ।

मेक्सिकन जेरीकल्ला, फ्लन, कोकाडो, चुरोस एन्ड चुरोस रिलेनोस, तमालेस डुल्सेस, पेडी किउसो, प्यान डे इलोटी, कमोटिस, पाइनएपल इम्पनाडस, अरोज कर्न लिची, क्यापिरोटाडा, कजेटा, कार्लेटा डे लेमोन, फ्रेसस कन क्रिमा, सिनामन क्रेमा पन्ड केक, चोकोप्लन, पम्किन इम्पनाडस, बुनुइलोस, लिची डुनोट्स, मेक्सिकन चकलेट चिप्स आदि अति नै प्रसिद्धी कमाएका मेक्सिकन मिठाइ तथा डेजर्ट हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x