०२ साउन २०८३, शनिबार

६ वर्षसम्म पहाडमा लुक्दा भेडामा उम्रियो २७ किलोको ऊन (भिडियो)

माघ १२, २०७७
६ वर्षसम्म पहाडमा लुक्दा भेडामा उम्रियो २७ किलोको ऊन (भिडियो)

न्युजील्यान्डको एक भेडा फार्मबाट भागेर ६ वर्षसम्म पहाडमा लुकेको एक भेडाको शरीरमा २७ किलो ऊन उम्रेको छ । 

फार्ममा हुँदा उसको शरीरबाट ऊन नियमित रूपमा काढिने गरेको थियो तर पहाडमा ऊन बढ्दै गयो । 

पहाडमा रहँदा शिकारी ब्वाँसोहरूले भेडालाई खान खोजेको भए पनि उसको मोटो ऊनका कारण उसको शरीरमा दाँत गाड्न नसकेकोले ऊ बाँचेको समेत बताइयो । 

तर न्युजील्यान्डका पत्रकार ल्युक एप्पलबाई तथा अन्यले देशमा शिकारी ब्वाँसो नै नभएको भन्दै यस एंगललाई खारेज गरेका छन् । 

तर बेन्डिगो स्टेसनबाट ऊन काढ्ने बेलामा भागेको भेडा पहाडको एक गुफामा लुकेको थियो । 

६ वर्षपछि ऊन काढ्दा २७ किलो निस्कियो । त्यसलाई लिलाम गरेर बेचिएको छ र उठेको रकम बालबालिकाको परोपकार संस्थालाई दिइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्