०४ साउन २०८३, सोमबार

प्रमिलाको शब्द र रचनाको स्वरमा "फर्कि आउ मेरो हजुर"

प्रमिलाको शब्द र रचनाको स्वरमा "फर्कि आउ मेरो हजुर"

क्यानडामा रहेर निरन्तर गीत लेखनमा सक्रिय गीतकार प्रमिला बस्नेतको ‘फर्कि आउ मेरो हजुर ’ सार्वजनिक भएको छ ।

पछिल्लो समय चर्चामा रहेकी गायिका रचना रिमालको स्वर र विकास चौधरीको संगीत रहेको गीतको रुकम सिंह गुरुङको संगीत संयोजन रहेको छ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद 'एनआरएनए आइसीसी' क्यानडाकी मानार्थ सदस्य समेत रहेकी गीतकार बस्नेतले यसअघिको गीत हरुलाई पनि दर्शकले धेरै मन पराएका थिए । गीतमा परदेशमा भएका आफनो प्राण प्यारो श्रीमानलाई स्वदेशमा नै फर्किनको लागी आग्रह गरिएको छ ।

गीतलाई दयाराम घिमिरेले छायाँकन तथा सम्पादन गरेका हुन । गीतमा मातृभुमी प्रतिको आस्था र माया लाई देखाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्