३० असार २०८३, मंगलबार

अध्ययनले भन्छ - महिला बढी भावुक हुनुको कारण दिल होइन, दिमाग हो !

फागुन २५, २०७७
अध्ययनले भन्छ - महिला बढी भावुक हुनुको कारण दिल होइन, दिमाग हो !

हाम्रो समाजमा महिलाको तुलनामा पुरुषहरूलाई बढी कठोर मानिन्छ । महिला पुरुष भन्दा बढी भावुक हुन्छन् । स-सानो कुरामा पनि महिलाहरू धेरै उत्साहित हुने या चित्त दुखाउने खालका हुन्छन् भनेर दाबी गर्ने गरिन्छ । महिलाहरूको 'मन कमलो हुन्छ' भनेर टिप्पणी गर्ने गरिन्छ ।

तर एक अध्ययनले महिलाको मन कमलो होइन, मष्तिस्ककै संरचना अलग भएकाले महिलाहरू बढी भावुक हुने पुष्टि गरेको छ ।

स्विजरल्याण्ड विश्वविद्यालयकी प्राध्यापिका नौरा मारियाले गरेको एक अध्ययनअनुसार कुनै व्यक्तिको स्वभावमा हुने भावहीनता या कठोरताको सिधा सम्बन्ध मष्तिस्कको संरचनासँग हुन्छ । उक्त अध्ययनले सामान्य तरिकाले विकास भएको पुरुषको दिमागमा 'ग्रे म्याटर' बढी हुने देखाएको छ ।

यसभन्दा अघि गरिएको अर्को शोधमा भनिएको थियो – पुरुष र महिलाको भावनात्मक स्तरको सम्बन्ध दिमागसँग जोडिएको हुन्छ । दिमागमा हुने स्नायूप्रणाली नै फरक हुने हुनाले फरक फरक स्वाभाव प्रकट हुने अनुसन्धानको निष्कर्ष थियो ।

अमेरिकाको प्रतिष्ठित पत्रिका 'प्रोसेडिङ्स अफ नेसनल एकेडेमी अफ साइन्सेस'ले गरेको रिसर्चले महिलाको मस्तिस्कको दुवै भाग एक अर्कासँग राम्रोसँग जोडिएको हुने र सजिलै सूचनाको आदान प्रदान हुने हुनाले महिलाहरू बढी भावुक हुने जनाएको छ । जबकी पुरुषको मस्तिस्कको संरचना यस्तो हुँदैन ।'

salt training

कमेन्ट गर्नुहोस्