
अमेरिकाको टेनेसीमा शुक्रवार राति एक मानिसले यूटुयुब भिडियोका लागि नक्कली डकैती गरिरहेको अवस्थामा गोली हानेर हत्या गरिएको छ ।
अर्बन एयर नामक ट्राम्पोलिन पार्कमा डेभिड स्टार्नेस जुनियर नामक व्यक्तिले २० वर्षीय टिमोथी विल्क्सलाई गोली प्रहार गरेका हुन् ।
विल्क्स र उनका एक साथी नक्कली डकैतीमा सहभागी बनेको प्रत्यक्षदर्शीहरूले बताए ।
यूट्युब भिडियोका लागि गरिएको उक्त स्टन्टका क्रममा विल्कले स्टार्नेस लगायतका मानिसलाई बगरेको छुरी लिएर आक्रमणको नाटक गरेका थिए ।
स्टार्नेसले यो मजाक हो भन्ने थाहा पाएनन् र आफू तथा अन्यलाई रक्षा गर्न गोली चलाएको बताए ।
प्रहरीका अनुसार, विल्क्सको मृत्युका विषयमा कुनै आरोप लगाइएको छैन । अनुसन्धान चलिरहेको छ ।