३० असार २०८३, मंगलबार

जूम चलाउन नजानेर बिजोक : अमेरिकी सांसदको टाउको उल्टो, शरीर गायब ! (भिडियो)

माघ २९, २०७७
जूम चलाउन नजानेर बिजोक : अमेरिकी सांसदको  टाउको उल्टो, शरीर गायब ! (भिडियो)

अमेरिकाका रिपब्लिकन सांसद टम एम्मरले संसदीय कमिटीको बैठकमा जूममार्फत भाग लिने क्रममा टाउको उल्टोतिर अनि शरीर गायब भएको अवस्थामा देखिएका छन् । 
 

एम्मरले कोभिड महामारीका बेलामा साना व्यवसायीहरूलाई सहायता गर्ने आवश्यकताका विषयमा चर्केर कुरा गर्दै गर्दा उनका सहकर्मीहरूलाई उनको उल्टो अनि तैरिरहेको टाउको देखेर ध्यान भंग भएको थियो । 

माफ गर्नुस्, एम्मरज्यू,’ अध्यक्ष म्याक्सिन वाटर्सले बीचैमा रोक्दै भनिन् । ‘तपाईं ठीक हुनुहुन्छ नि ?’

त्यसपछि समितिका सदस्यहरू हाँस्न थाले । एम्मरले आफू ठीक भएको बताए । त्यसपछि एक पुरुष सहकर्मीले भने, ‘तपाईं उल्टो हुनुहुन्छ, टम !’

‘यसलाई कसरी मिलाउने मलाई आएन,’ एम्मरले भने । 
 

वाटर्सले एम्मरलाई कसैको सहायता लिएर सीधा पोजिसनमा बस्न भनिन् अनि अन्य सहकर्मीले उनलाई जिस्क्याए ।

उनलाई अध्यक्ष वाटर्सले आफ्नो भनाइ जारी राख्न भनिन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्