२७ असार २०८३, शनिबार

दुईवटा पातला हाँगा राखेर गाडीलाई नाली पार गराए चालकले (भिडियो)

चैत ३, २०७७
दुईवटा पातला हाँगा राखेर गाडीलाई  नाली पार गराए चालकले (भिडियो)

चीनको युन्नान प्रान्तमा एकजना गाडीचालकले एउटा नालीमा दुईवटा पातला हाँगा राखेर गाडीलाई रिभर्स गरेको रोमाञ्चकारी भिडियो सार्वजनिक भएको छ । 

निकै होशियारी तथा बहादुरीका साथ उनी नाली पार गरेर अर्को छेउमा पुगेका छन् । 

घटना खुनमिङमा मंगलवार भएको हो । 

चीनको भिडियो शेयरिङ प्ल्याटफर्म कुआइशोउमा राखिएको यो भिडियो कारप्रेमी लाओ कुनले खिचेका हुन् । 

दुई मिनेटको क्लिपमा देखिएअनुसार, दुई हाँगाले सेता भ्यानको तौल थाम्न गाह्रो परेको भए पनि चालकले आफ्नो दक्षता र दृढनिश्चय प्रदर्शन गरेका थिए । 

उनले बिस्तारै गाडीलाई रिभर्स गरेर कामचलाउ पुल हुँदै गाडी पार गराएका थिए । 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको दक्षताको खुलेर प्रशंसा गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्