
चीनको युन्नान प्रान्तमा एकजना गाडीचालकले एउटा नालीमा दुईवटा पातला हाँगा राखेर गाडीलाई रिभर्स गरेको रोमाञ्चकारी भिडियो सार्वजनिक भएको छ ।
निकै होशियारी तथा बहादुरीका साथ उनी नाली पार गरेर अर्को छेउमा पुगेका छन् ।
घटना खुनमिङमा मंगलवार भएको हो ।
चीनको भिडियो शेयरिङ प्ल्याटफर्म कुआइशोउमा राखिएको यो भिडियो कारप्रेमी लाओ कुनले खिचेका हुन् ।
दुई मिनेटको क्लिपमा देखिएअनुसार, दुई हाँगाले सेता भ्यानको तौल थाम्न गाह्रो परेको भए पनि चालकले आफ्नो दक्षता र दृढनिश्चय प्रदर्शन गरेका थिए ।
उनले बिस्तारै गाडीलाई रिभर्स गरेर कामचलाउ पुल हुँदै गाडी पार गराएका थिए ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको दक्षताको खुलेर प्रशंसा गरेका छन् ।