
शिक्षाविद् तिर्थप्रसाद ढकालको कविता संग्रह ‘नीति ज्ञान ज्योति’ शनिवार काठमाडौंमा सार्वजनिक भएको छ ।
विसं २०१९ मा स्थापित श्री काभ्रेस्थली प्राबिदेखि माबिसम्मको प्रधानाध्यापकको जिम्मेवारी निभाउँदै आएका ढकालले २०५७ सालबाट शिक्षण पेसाबाट अवकाश लिएका हुन् ।
उनले रचना गरेको उक्त कविता संग्रह शनिवार तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीस्थित श्री विराट सनातन धर्म संस्कृति विधापिठ गुरुकुलको वार्षिक उत्सवको उपलक्ष्यमा विमोचन गरिएको हो ।
कवि ढकालले उक्त पुस्तक बिक्रिबाट प्राप्त आर्थिक, आर्जित सम्पूर्ण रकम श्री विराट सनातन धर्म संस्कृति विधापिठ गुरुकुलमा अक्षय कोषमा अर्पण गर्ने घोषणा समेत गरेका छन् ।