२७ असार २०८३, शनिबार

उडाउने कार बनाउने इलोक मस्कको योजना

चैत ४, २०७७
उडाउने कार बनाउने इलोक मस्कको योजना

संसारका सबभन्दा धनी अर्बपति इलोन मस्कले टेस्ला सुपरकारमा जेट इन्जिन जडान गरेर जमीनभन्दा तीन फीट माथि उडाउन मिल्ने योजना बनाइरहेको बिहीवार बताएका छन् । 
 

टेस्ला कम्पनीले सन् २०१७ मा अर्को पुस्ताको रोडस्टर नामक कार सार्वजनिक गरेको थियो । त्यो कार १.९ सेकेन्डमा शून्यबाट ६० माइल प्रतिघन्टामा पुग्न सक्छ र यसको ब्याट्रीले ६२० माइलसम्म धान्छ । विद्युतीय कारका लागि त्यो ठूलो उपलब्धि हो । 

तर त्यतिखेर कारमा रकेट जेट राख्ने कुरा गरिएको थिएन ।

अहिले आएर टेस्लाका सीईओ तथा स्पेसएक्स कम्पनीका संस्थापक मस्कले सुपरकारमा स्पेसएक्सको प्याकेज राखेर त्यसलाई उड्न मिल्ने बनाउन खोजेको बताएका छन् । 

त्यस प्याकेजमा १० वटा साना रकेट थ्रस्टरहरू हुनेछन् । 

‘हामीले कारमा रकेट प्रविधि पनि जडान गर्न खोजेका छौं,’ उनले भने । ‘त्यो कार अलिकति उडोस् भन्ने मेरो चाहना हो । मान्छे नमारिकन यो कसरी उड्न सक्छ भनी हामी परीक्षण गरिरहेका छौं ।’ 

salt training

कमेन्ट गर्नुहोस्