
आफ्ना सन्तानको सुरक्षाका लागि एक आमाले कस्ता कस्ता हर्कत गर्न सक्छिन् ?
यहाँ एक घटनाबारे बताइएको छ । यो घटना टर्कीको राजधानी इस्तानाबुलको हो ।
इस्तानाबुलको एक जिल्लामा रहेको एक घरको तेस्रो तलामा अचानक आगो लाग्छ । आगो लागेपछि बाहिर निस्कने सबै बाटो बन्द हुन्छ ।
यस्तो अवस्थामा के गर्ने ? के नगर्ने ?
ती आमाले एक साहसिक निर्णय लिन पुग्छिन् । उनले झ्यालबाट बाहिर गाउँलेहरूको मदत लिन्छिन् र आफ्ना सन्तानको सकुशल उद्दार गर्छिन् ।
उनले माथि झ्यालबाट एक एक गरी तल बच्चाहरू खसाल्छिन् । गाउँलेले कपडाको सहायताले बच्चाहरूको उद्दार गर्छन् ।
यो घटनाको एक भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
आमाको साहसिक निर्णयले सबै सकुशल रहन पुगेको बताउँदै उनको प्रशंशा समेत भइरहेको छ ।
भिडियो
Mother saves her 4 children during fire in Turkey’s Istanbul by throwing them out of 3rd floor windowhttps://t.co/LFBi2mv41U pic.twitter.com/g8pgdf1mO7
— DAILY SABAH (@DailySabah) February 25, 2021