२६ असार २०८३, शुक्रबार

यो कस्तो प्रेम ? तीन महिनाका लागि एकअर्कालाई हत्कडी लगायो यस जोडीले

चैत ३, २०७७
यो कस्तो प्रेम ? तीन महिनाका लागि एकअर्कालाई हत्कडी लगायो यस जोडीले

युक्रेनको एक जोडीले सधैं झगडा गरिरहने भएकाले सम्बन्ध सुधारका लागि तीन महिनासम्म एकअर्कालाई हत्कडी लगाउने निर्णय गरेका छन् । 

उनीहरूले यस अनुभवलाई सामाजिक सञ्जालमा रेकर्र्ड पनि गरिरहेका छन् । 
 

अन्लाइन कार बिक्रेता अलेक्सान्द्र कुद्ले र सौन्दर्य प्रसाधक भिक्टोरिया पुस्तोभितोभाले गएको भ्यालेन्टाइन्स डेमा यो परीक्षण गरेका थिए । इन्स्टाग्राममा उनीहरूका हजारौं फलोअर बनेका छन् । 

दिनहरू बित्दै जाँदा हामी यसमा अभ्यस्त हुँदैछौं । अहिले सजिलो हुँदै गएको छ,’ कुद्लेले रोयटर्स समाचार संस्थालाई बताए । 

पुस्तोभिातेभाले ब्रेकअप गर्न चाहेपछि उनले यो आइडिया निकालेका थिए । 

शुरूमा त पुस्तोभिातेभाले मानिनन् तर पछि स्वीकृति दिइन् । 

उनीहरू सबै कुरा एकसाथ गरिरहेका छन् । 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरू उनीहरूको परीक्षण देखेर आश्चर्यमा परेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्