२६ असार २०८३, शुक्रबार

बिहेको १ वर्षदेखि गर्भवती हुन प्रयास गरिन् तर चेकजाँच गर्दा पुरुष भएको खुलासा

चैत ४, २०७७
बिहेको १ वर्षदेखि गर्भवती हुन प्रयास गरिन् तर चेकजाँच गर्दा पुरुष भएको खुलासा

पुरुषले पनि कहीँ गर्भवती हुन प्रयास गर्लान् त ? सामान्यतया यो सम्भव छैन ।

तर चीनमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । जसमा २५ वर्षीय युवतीले गर्भवती हुन १ वर्षसम्म प्रयास गरिन् । तर सम्भव नभएपछि चिकित्सकसँग चेकजाँच गराउँदा उनी पुरुष भएको खुलासा भयो ।

उनी जन्मदेखि नै पुरुष भएको खुलासा चेकजाँचबाट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चिकित्सकको रिपोर्ट सुनेर ती युवती हैरान भइन् । उनको शारीरिक बनावट भने महिलाजस्तै छ ।

ती महिलाको एक्सरे गर्दा उनको शरीर जन्मदेखि नै पुरुषको रहेको पाइएको छ । उनका प्रजनन् अंग किशोरावस्थामा समेत विकसित भएनन् । उनको बाहिरी अंग महिलाको जस्तो भएपनि भित्रि अंग पुरुषका रहेका छन् ।

उनले आफ्नो बिहे भएपछि गर्भवती हुन कोसिस गरेकी थिइन् । तर अब उनी आफ्ना पतिका बच्चाकी आमा बन्न नसक्ने भएकी साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्