२८ असार २०८३, आइतबार

लाखौं चट्याङले पृथ्वीमा जीवनको आरम्भ गरेको नयाँ अध्ययनको खुलासा

चैत ४, २०७७
लाखौं चट्याङले पृथ्वीमा जीवनको आरम्भ गरेको नयाँ अध्ययनको खुलासा

पृथ्वीमा जीवनको आरम्भ लाखौं चट्याङका कारण भएको हुन सक्ने एक नयाँ अध्ययनले खुलाएको छ । 

जीवनका लागि आवश्यक एक महत्त्वपूर्ण तत्त्व फोस्फोरस हो । चार अर्ब वर्षअघि पृथ्वी तरुण अवस्थामा रहँदा धेरै चट्याङहरू बज्रिएपछि जीवनको आधारशिलाका रूपमा रहेको फोस्फोरस उत्सर्जन भएको हुन सक्छ । 

आधारभूत कोशिका संरचना र मेम्ब्रेन बनाउने मोलिक्युलमा फोस्फोरस आवश्यक पर्छन् । यसले डीएनए र आरएनएको फोस्फेट मेरुदण्ड पनि बनाउँछ । 

यो अध्ययन येल विव्शविद्यालयमा डिपार्टमेन्ट अफ अर्थ यान्ड प्लानेटरी सायन्सेजका विद्यार्थी बेन्जामिन हासले गरेका हुन् । 

तर फोस्फोरस पृथ्वीको आरम्भमा दुर्लभ थियो अनि खनिजहरूमा च्यापिएर बसेको थियो । 

‘पृथ्वीको आरम्भमा फोस्फोरस खनिजहरूमा दबेर बसेको थियो र ती खनिजहरू घुलमिल नहुने तथा प्रतिक्रिया नजनाउने किसिमका थिए । अर्थात् उनीहरूलाई जीवनका लागि आवश्यक बायोमोलिक्युल बनाउन उपयोग गर्न सकिँदैनथियो,’ हेसले बताए । 

‘चट्याङ परेपछि फोस्फोरस निर्माणका लागि नयाँ संयन्त्र बनाउँछ र त्यसले जीवनका लागि आवश्यक अवयव बनाउँछ ।’

यो अध्ययन नेचर कम्युनिकेसन्स नामक जर्नलमा मंगलवार प्रकाशित भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्