२६ असार २०८३, शुक्रबार

ज्वालामुखी विस्फोट भएको ठाउँ नजिक खेलियो भलिबल ! (भिडियो)

चैत १७, २०७७
ज्वालामुखी विस्फोट भएको ठाउँ नजिक खेलियो भलिबल ! (भिडियो)

आइसल्यान्डमा भलिबल खेलाडीहरूले लाभा निस्किरहेको ज्वालामुखीलाई पृष्ठभूमिमा पार्दै भलिबल खेलेको अद्भुत भिडियो सार्वजनिक भएको छ । 

राजधानी रेकजाभिक नजिक उनीहरूले भलिबल खेलेको अनि पृष्ठभूमिमा ज्वालामुखी विस्फोट भइरहेको देखिन्छ । 

भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । 

रट आइनार्सडोट्टिरले यो भिडियो खिचेकी हुन् । 

‘फाग्रादाल्सफालमा ज्वालामुखी विस्फोट भएको ठाउँनजिक मानिसहरू आरामले भलिबल खेल्दै,’ उनले क्याप्सनमा लेखिन् । 

उक्त ज्वालामुखी विगत ६ हजार वर्षदेखि सुषुप्त थियो र अहिले आएर विस्फोट भयो । 

आइसल्यान्डमा यो निकै महत्त्वपूर्ण घटना बनेको छ । मानिसहरू ज्वालामुखीको लाभामा हट डग पकाएर खाने काम समेत गरिरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्