२८ असार २०८३, आइतबार

लकडाउनमा धार्मिक जुलुस रोक्न खोज्दा प्रहरीमाथि जाइलाग्यो भीड (भिडियो)

चैत १७, २०७७
लकडाउनमा धार्मिक जुलुस रोक्न खोज्दा प्रहरीमाथि जाइलाग्यो भीड (भिडियो)

भारतको महाराष्ट्रमा रहेको नांदेडमा धार्मिक जुलुस निकाल्न नदिन प्रहरीले कोशिश गर्दा भीडले प्रहरीमाथि नै आक्रमण गरेको छ । 

घटनामा चारजना प्रहरी घाइते भएका छन् । 

महाराष्ट्रमा कोरोनाको केस बढेपछि धार्मिक कार्यक्रमहरूमा रोक लगाइएको छ । 
 

सिख समुदायले सोमवार होला मोहल्ला आयोजन गर्दा सयौं मानिस गुरद्वारा परिसरमा भेला भएका थिए । तिनमा कैयौं महिला पनि थिए । प्रहरीले रोक्न खोज्दा उनीहरू रिसाए । 

भीडले प्रहरीको ब्यारिकेड तोडिदियो र सडकमा राखिएका गाडी पनि तोडफोड गरिदियो । 

उनीहरूले प्रहरीलाई लखेटीलखेटी कुटपिट गरे । कैयौंको हातमा तरवार पनि थियो । 

घटनास्थलमा ठूलै संख्यामा प्रहरी तैनाथ गरिएका थिए तर भीडको तुलनामा उनीहरूको संख्या कम रह्यो । 

यसमा उजुरी दर्ता गरेर प्रहरीले छानबिन शुरू गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्