
कोरोनाभाइरसको कहर मानिसहरूका साथै जनावरहरूले पनि भोगिरहनुपरेको छ ।
यस्तो अवस्थामा रुसले पशुहरूका लागि कोरोनाभाइरसविरुद्ध संसारको पहिलो खोप बनाएको छ ।
यस खोपको नाम कार्निभ्याक–कोभ हो ।
रुसले मानिसका लागि कोरोनाभाइरसविरुद्धका तीनवटा खोप ल्याइसकेको छ । तीमध्ये सबभन्दा लोकप्रिय स्पुतनिक भी हो । मस्कोले दुई अन्य खोप एपिभ्याककोरोनो र कोभिभ्याकलाई पनि आपतकालीन अवस्थाका लागि स्वीकृति दिएको छ ।
पशुहरूका लागि कार्निभ्याक–कोभ खोप रोजेलखोनाजोर संस्थाले विकसित गरेको हो । यसको ट्रायल सन् २०२० को अक्टोबर महिनामा गरिएको थियो । कुकुर, बिरालो, फ्याउरा, मिंक तथा अन्य जनावरलाई ट्रायलमा सहभागी गरिएको थियो ।
यो खोप जनावरहरूका लागि हानिरहित र प्रतिरक्षात्मक रहेको दाबी छ । खोप लगाइएका जनावरमा एन्टीबडी विकसित भएको छ ।
अप्रिल महिनादेखि व्यापक मात्रामा खोप निकालिनेछ ।