३१ असार २०८३, बुधबार

चितुवासँग मोटरसाइकल ठोकिएपछि... (तस्वीरहरू)

चैत १८, २०७७
चितुवासँग मोटरसाइकल ठोकिएपछि... (तस्वीरहरू)

भारतको रनथम्बोर राष्ट्रिय निकुञ्जमा तीनजना मानिस बाइक चढेर गइरहेको बेलामा चितुवासँग ठोकिन पुगेका छन् । 

यसले निकुञ्जभित्र वन्यजन्तु व्यवस्थापन र गाडीको आवतजावतका कारण आउने समस्यालाई उजागर गरेको छ । 

एकजना फोटोग्राफरले यस दुर्घटनाका तस्वीरहरू खिचेका छन् । तिनमा बाटो काटिरहेको चितुवालाई बाइकले हिर्काएको अनि चितुवा भागेको देखिन्छ । 

बाइक लडेको थियो अनि त्यसमा सवार तीनजनालाई हलुका चोटपटक लागेको छ । चितुवा पनि अलिकति घाइते भएको छ । 

घटना शनिवार अड्डा बालाजी मन्दिर क्षेत्र नजिक भएको हो । 

गणेश मन्दिर जंगलको बीचमा छ । त्यहाँ निजी गाडीलाई सोमवार, मंगलवार, बिहीवार र शुक्रवार जान दिइन्छ । मोटरसाइकल चाहिँ जुन बेलामा पनि जान पाउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्