भारतको पश्चिम बंगालमा विधानसभा निर्वाचन चलिरहेको छ र मानिसहरू फिल्म कलाकार तथा राजनीतिकर्मीहरूले चुनाव प्रचार गरेको हेर्न आउने गरेका छन् ।
त्यसैक्रममा समाजवादी पार्टीकी नेत्री जया बच्चनले कोलकातामा ममता बनर्जीको तृणमूल कांग्रेसका लागि प्रचार गरेको देखियो ।
हावडामा रोडशो गर्दा एक प्रशंसकले उनीसँग सेल्फी लिन खोज्दा जयाले उसलाई धक्का दिएको भिडियो सार्वजनिक भएको छ ।
उनी रिसाएर आफू बसेको गाडीबाट उसलाई धकेलेको देखिन्छ ।
उनी किन रिसाएकी हुनु भन्ने थाहा भएन तर कोभिड–१९ का कारण उनले यस्तो व्यवहार देखाएको हुन सक्छ । ती प्रशंसकले मास्क लगाएका थिएनन् भने जया बच्चनले दिनभरि मास्क लगाइरहेकी थिइन् । उनले टोलीगञ्ज र शिवपुरमा पनि तृणमूलका लागि अभियान चलाइन् ।
घटना बिहीवार भएको हो तर भिडियो आज भाइरल बनिरहेको छ । आज जया बच्चनको जन्मदिन हो ।
Jaya Bachchan Pushes & Shove a citizen who was just taking a selfie with her and TMC candidate. pic.twitter.com/76vVqBhLnZ
— Rishi Bagree 🇮🇳 (@rishibagree) April 8, 2021