कोरोना रोक्न ३ हप्ता विद्यार्थी अनलाइन कक्षामा जानुपर्ने स्वास्थ्य मन्त्रालयको सिफारिस

कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गइरहेको बेला विद्यालयमा भौतिक उपस्थिति रोकेर अनलाइन कक्षाको विकल्पमा जानुपर्ने सिफारिस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।

स्वास्थ्य राज्यमन्त्री नवराज रावतले ३ हप्ताका लागि अनलाइन, भर्चुअल कक्षाको विकल्पमा जान सिफारिस गरिएको लोकान्तरलाई जानकारी दिए ।


Advertisement

‘काठमाडौंसहित ठूला शहर, भीडभाड बढी हुने, संक्रमण बढिरहेका शहरमा पठाइमा बाधा नपुग्ने गरी अनलाइन भर्चुअल क्लास चलाउनुपर्ने हाम्रो प्रस्ताव हो, यसबारे मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्छ,’ राज्यमन्त्री रावतले भने ।

शिक्षा क्षेत्रका सरोकारवालाले भने शिक्षा मन्त्रालयले गरेको छलफलमा विद्यालय बन्द गर्न नहुने सुझाव दिएका थिए । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्