सबभन्दा लामो कपाल पालेर गिनिज बूकमा नाम लेखाएकी एक किशोरीले त्यो कपाल काटेकी छन् ।
भारतकी नीलांशी पटेल नामक ती किशोरीले १२ वर्षसम्म पालेको कपाल काटेकी हुन् । उनको कीर्तिमानी कपालको लम्बाइ ६ फीट ६ इन्च थियो ।
फेसबूकमा राखिएको भिडियोमा पटेलले लामो कपाल देखाएको र पछि काटेको देखिन्छ ।