२२ असार २०८३, सोमबार

चालकरहित गाडी दुर्घटनाग्रस्त हुँदा २ जनाको मृत्यु

बैशाख ६, २०७८
चालकरहित गाडी दुर्घटनाग्रस्त हुँदा २ जनाको मृत्यु

अमेरिकाको ह्युस्टनमा टेस्लाको चालकरहित गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । गाडी रुखमा ठोकिन पुगेको थियो । 

‘चालकको सीटमा कोही पनि थिएन,’ सर्जेन्ट सिन्थीया उमानजोरले बताइन् ।

घटनाको शनिवार राति भएको हो । 

टेस्ला मोडल एस तीव्र गतिमा गुडिरहेको बेलामा एउटा कुना कटाउन सकेन र सडकबाट तल झरेर रुखमा ठोकियो अनि आगोमा परिणत भयो, स्थानीय टीभी स्टेसन केएचओऊ–टीभीले जनायो । 

आगो निभाएपछि अधिकारीहरूले दुई यात्रुहरू पत्ता लगाए । एकजना अगाडिको प्यासेन्जर सीटमा थिए भने अर्का चाहिँ पछाडिको सीटमा थिए । 

टेस्लाको चालकरहित गाडी हालैका समयमा दुर्घटनाहरूमा पर्ने गरेको छ । कम्पनीले पूर्ण स्वचालित गाडीको अद्यावधिक गरिएको सफ्टवेयर थप ग्राहकहरूलाई बेच्न खोजेको बेलामा यस्तो घटनाहरू भइरहेका हुन् । 

अमेरिकाको वाहन सुरक्षा निकायले मार्च महिनामा मात्र टेस्लाका २७ वटा गाडीको दुर्घटनाको अनुसन्धान गरेको छ । 

स्वचालित गाडीको प्रविधिले व्यापारिक सफलता हासिल गर्न सुरक्षा मापदण्ड पूरा गर्नुपर्ने चुनौती छ ।

salt training

कमेन्ट गर्नुहोस्