
भारतमा कोरोनाभाइरसले कहर मच्चाउँदै गर्दा अटेरी मानिसहरूले गर्ने दुर्व्यवहारका घटना पनि सार्वजनिक भइरहेका छन् ।
दिल्लीमा एक दम्पतीले प्रहरीलाई तथानाम गाली गरेको भिडियो सार्वजनिक भएको छ ।
कारमा भएको दम्पतीले मास्क लगाएको थिएन र दरियागंजमा प्रहरीले गाडी रोकेपछि जोडीले प्रहरीलाई दुर्व्यवहार गरेको थियो ।
पतिसँग कारमा बसेकी अनि मास्क नलगाएकी महिलाले प्रहरीलाई भन्नु नभन्नु भनेको सुनिन्छ । प्रहरीलाई कम पढेलेखेको अनि आफू चाहिँ यूपीएससी टपर भएको भन्दै महिलाले तर्साउन खोजेकी थिइन् ।
पछि प्रहरी कार्यालयबाट महिला प्रहरी बोलाएर कारकी महिलालाई नियन्त्रणमा लिइयो अनि थाना लगियो ।
भिडियोमा महिलाले ‘तिमीहरूले के गर्न सक्छौ, म आफ्नो पतिलाई किस पनि गरिदिन्छु’ भनेको पनि सुनिन्छ ।
प्रहरीले यस दम्पतीविरुद्ध सरकारी आदेश उल्लंघन गरेकोमा उजुरी दर्ता गरेको छ । भिडियो हेरेपछि वरिष्ठ प्रहरी अधिकारीहरूले यस मुद्दामा अन्य धाराहरू पनि लगाउन मिल्ने बताए ।
पटेल नगरमा बस्ने आरोपित दम्पती पंकज र आभा हुन् ।
दिल्लीमा कारभित्र मास्क नलगाउँदा दुई हजार भारु जरिवाना लगाउने नियम छ । यस्तो अवस्थामा दम्पती दुवैलाई मास्क नलगाएकोमा दुई दुई हजार जरिवाना लगाइएको छ ।
#WATCH | A couple misbehaved with Delhi Police personnel in Daryaganj area earlier today after they were stopped & asked the reason for not wearing face masks.
— ANI (@ANI) April 18, 2021
"An FIR under various sections of IPC has been lodged against them," say police.
(Video source - Delhi Police) pic.twitter.com/hv1rMln3CU