२७ असार २०८३, शनिबार

बच्चालाई रेलबाट किचिनबाट यसरी जोगाए कर्मचारीले (भिडियो)

बैशाख ६, २०७८
बच्चालाई रेलबाट किचिनबाट यसरी जोगाए कर्मचारीले (भिडियो)

भारतको मुम्बईमा रहेको वंगानी रेलवे स्टेसनमा एक बालक ट्य्राकमा लडेपछि कर्मचारी मयुर शेल्खेले जोगाएको रोमाञ्चक भिडियो भाइरल बनिरहेको छ । 

घटना शनिवार भएको हो ।

भिडियोमा दुई बालबालिका प्ल्याटफर्मको छेउबाट हिँड्दै गरेको बेलामा एक बालक ट्य्राकमा लडेको अनि त्यतिबेलै रेल स्टेसनमा आइपुगेको देखिन्छ । त्यसपछि शेल्खे दौडिँदै आउँछन् र ट्रेनकै अगाडिबाट बालकलाई उचालेर प्ल्याटफर्ममा राख्छन् । 

अनि आफू पनि सुरक्षित स्थानमा पुग्छन् । तत्कालै ट्रेन प्ल्याटफर्मबाट पार हुन्छ । 

भारतका रेलमन्त्री पीयूष गोयल तथा अन्य व्यक्तिहरूले रेलवे कर्मचारीको साहसलाई सलाम गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्