
गर्मीमा फलहरूको राजा मानिने आँप भरमार पाइन्छ । आँपमा फाइबर अत्यधिक हुनाले पाचनमा फाइदा गर्छ ।
आँपलाई जुस बनाएर पिउँदा मज्जा आउँछ । यो स्वादिलो त हुन्छ नै, यसमा भएको बीटा क्यारोटीनले आँखालाई स्वस्थ राख्न सहायता गर्छ ।
सामग्री
आँप एउटा (काटेको)
कम फ्याट भएको क्रीम आधा कप
मह एक सानो चम्चा
विधि
कचौरामा क्रीम राखेर मज्जाले फिँट्नुस् ।
अब मिक्सीमा आँप राखेर फिँट्नुस् ।
अनि क्रीममा फिँटेको आँप राख्नुस् र मिसाउनुस् ।
त्यसलाई एउटा गिलासमा राखेर फ्रिजभित्र आधा घन्टा राख्नुस् ।
अनि झिकेर त्यसमा मह राखेर पिउनुस् ।