२८ जेठ २०८३, बिहीबार

स्वास्थ्यका लागि लाभदायक गुच्चे च्याउ

बैशाख ११, २०७८
स्वास्थ्यका लागि लाभदायक गुच्चे च्याउ

नेपालको दुर्गम जिल्ला हुम्लामा निकै कठिन साथ जंगलमा संकलन गरिएको गुच्चे च्याउ स्थानीयले हरेक वर्ष राजधानी ल्याइपुर्‍याउँछन् । तर यसको उचित मूल्य नपाउँदा त्यसै थन्किने गर्छ ।

विदेशमा निकै महंगो र दुर्लभ मानिएको गुच्चे च्याउलाई ‘मोरेल मसरुम’ भनेर चिनिन्छ । वास्तवमा बुझ्नेले गुच्चे च्याउबाट स्वास्थ्यलाई व्यापक फाइदा हुने हुँदा खोजीखोजी खाइन्छ । विदेशमा मोरेल च्याउको तेल पनि उपलब्ध हुन्छ र जसलाई ‘ट्रोफल आयल’ भनेर चिनिन्छ, जुन अत्यन्त महंगो र बासनादार हुन्छ ।

हुम्ला र अन्य पश्चिमी जिल्लाको जंगलमा गुच्चे च्याउ पाइने भए तापनि संकलन गर्न निकै कठिनाइ छ । ‘हामीले महिनौं लगाएर खोजीखोजी संकलन गर्‍यौं तर बजार पाउन कठिन छ,’ सन्डुप दोर्जे लामाले गुनासो गरे । 

गुच्चे च्याउलाई सावधानीपूर्वक जंगलमा खोजेर होशियारीका साथ सुकाइन्छ र बजारमा पठाइन्छ । केही समय गुच्चे च्याउको व्यापक माग भए तापनि कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण अहिले यसले बजार पाएको छैन । अहिले च्याउ संकलन पेशामा आवद्ध सबैलाई ठूलो संकट परेको छ ।

गुच्चे च्याउ कडा खालको काठमा उम्रने एक किसिमको खान मिल्ने जंगली च्याउ हो । जुन विश्वमा निकै दुर्लभ मानिन्छ । ताजा वा सुकाएको दुवै प्रयोगमा ल्याउन सकिने गुच्चे च्याउ उच्च घरानाको लागि रोजाइमा परेको सब्जी हो । भिटामिन र मिनरल्स पर्याप्त पाइने गुच्चे च्याउ स्वास्थ्यका लागि निकै राम्रो मानिएको हुँदा यसको माग बढ्दो छ ।

कपर, आइरन, म्यागनेसियम, जिंक पाइने हुँदा पनि गुच्चे च्याउ फाइदाजनक मानिन्छ । निकै आकर्षक देखिने गुच्चे च्याउ सिटाकी च्याउकै समूहमा परे तापनि बनावटमा पृथक र भिन्न छ । शरीरमा नयाँ ब्लड सेल (रक्त कोषिका) उत्पादन गर्न गुच्चे च्याउ निकै राम्रो मानिन्छ । दाँत र हड्डीको मजबुतीका लागि पनि उत्तम सब्जी हो मोरेल च्याउ । शरीरमा प्रतिरोधात्मक प्रणाली र अंगको विकासका लागि पनि राम्रो मानिएको गुच्चे च्याउ खोजीखोजी खाँदा राम्रो छ ।

गुच्चे च्याउको सलाद, तरकारी, सादेर, ब्रेक फास्टमा भुटेर, छोइला बनाएर, चिल्ली मसरुम बनाएर, किमा बनाएर जसरी खाँदा पनि निकै स्वादिलो र स्वास्थ्यबद्र्धक छ ।

सुकेको गुच्चे च्याउलाई लामो समयसम्म भण्डारण गरेर पनि राख्न सकिन्छ, जुन पकाउँदा वा प्रयोगमा ल्याउँदा मन तातो पानीमा भिजाउनुपर्छ । एन्टी अक्सिडेन्टको मुख्य स्रोत मानिएको गुच्चे च्याउ नियमित खाँदा मुटुलाई पनि फाइदा पुर्‍याउँछ । 

लिभरको समस्या हुनेका लागि पनि गुच्चे च्याउ उत्तम मानिएको छ । मोरेल मसरुमलाई शिकारीको कठिन परिश्रमले जंगलबाट ल्याइएको एक अमूल्य अग्र्यानिक औषधिको रूपमा लिनु आजको आवश्यकता हो । सबैले यसको मूल्य बुझेर उपभोग गर्नाले फाइदै–फाइदा पुर्‍याउँछ । अग्र्यानिक खानाको खोजी गरेर हिँड्नेहरूले पनि गुच्छे च्याउको महत्त्व बुझेर प्रचारप्रसार गरी श्रमिकको उचित परिश्रम पाउनुपर्ने सबैको माग छ ।

संसारकै सबैभन्दा महंगो सब्जी मानिने गुच्छे च्याउ व्यवस्थित र उचित बजार नपाउँदा संकटमा परेको छ । समुन्द्री सतहबाट २००० देखि ४००० मिटर उचाइसम्मका हिमाली जिल्लाको वन जंगलमा पाइने गुच्चे च्याउ चैत्रको पहिलो हप्तादेखि जेठसम्म मात्र पाइन्छ । विदेशमा गुच्चे च्याउ धेरै महंगो डलरमा बिक्री हुन्छ । नेपालमा पनि सुकाएको गुच्चे च्याउको सरदर मूल्य १५ हजारदेखि २२ हजार रुपैयाँसम्म छ । पहिले स्थानीय स्तरमा मात्र प्रयोग गरिने गुच्चे च्याउ शारीरिक शक्तिबद्र्धक हुने भनिएपछि राजधानी र भिन्न शहर लगायत देशविदेशबाट व्यापक माग हुँदै आएको छ ।

यार्सा गुम्बा खोजे जस्तै गुच्चे सब्जी पनि जोखिम मोलेर जंगल–जंगलमा घुमेर शिकारीले महिनै लगाएर खोज्छन् । जंगलमा पनि सहज रूपमा पाउन सकिन्न, झाडी, लहरा, रुख पत्कर छिचोल्दै खोज्नुपर्ने हुँदा यसको वायल हन्टिङ पनि सजिलो छैन । कुनै पनि खानाको फिनिसिङ टर्चका लागि मसरुप आयल (जसलाई ट्रोफल आयल भनिन्छ) अत्यन्त उपयोगी मानिन्छ । जसले खानालाई बासनादार मात्र बनाउँदैन, एक किसिमले स्वादमा भिन्न खालको आयाम थपिदिन्छ । जसका कारण युरोप, अमेरिकातिर पाककलामा यो तेललाई निकै उपयोगी सेक्रेट इङ्डेन्टको रूपमा लिइन्छ । बुझ्नेले यसलाई नियमित प्रयोगमा ल्याउने अभ्यास गर्छन् । यी वायल्ड मसरुमहरू एसेन्स बनाउन पनि निकै उपयोगी हुन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्