२२ असार २०८३, सोमबार

गाडी चलाउन नसकेर फनफनी घुमाउने व्यक्तिलाई उडेर लात हाने यी मान्छेले (भिडियो)

बैशाख १३, २०७८
गाडी चलाउन नसकेर फनफनी घुमाउने व्यक्तिलाई उडेर लात हाने यी मान्छेले (भिडियो)

अल्बानियाको राजधानीमा रहेको स्क्यान्डरबर्ग स्क्वेयरमा गाडी चलाउन नसकेर फनफनी घुमाउँदै अरूको ज्यान जोखिममा पार्ने चालकलाई एक व्यक्तिले उडेर कारभित्र पसी लात हानेको भिडियो सार्वजनिक भएको छ । 

अनेकौं क्यामराले खिचेको भिडियोमा कार फनफनी घुमेको अनि मानिसहरू हिँडिरहेको र आत्तिइरहेको देखिन्छ । देशमा आमनिर्वाचन कभर गर्न त्यति धेरै क्यामराहरू त्यहाँ राखिएका थिए । 

मानिसहरूले खुला ढोकाबाट चालकलाई समातेर रोक्न खोजेका थिए । तर उनले गाडी फनक्क घुमाउँदा ढोका बन्द भयो । त्यसपछि एकजना आएर चालकपट्टिको शीशाबाट हाम्फाले अनि कार रोके । 

प्रहरीका अनुसार, चालकले शहरका अन्य भागमा तीनवटा गाडीलाई ठोकेका थिए । उनले लागूऔषध सेवन गरेर कार चलाएको हुनसक्ने प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्