२७ जेठ २०८३, बुधबार
घर फर्किने चटारो

काठमाडौं छाड्नेको थामिनसक्नु भीड– २ दिनमा सडकबाटै १ लाखभन्दा बढी बाहिरिए [फोटोफिचर]

काठमाडौं छाड्नेको थामिनसक्नु भीड– २ दिनमा सडकबाटै १ लाखभन्दा बढी बाहिरिए [फोटोफिचर]

कोरोनाभाइरस (कोभिड– १९) को दोस्रो लहरका कारण काठमाडौं उपत्यकामा १६ गतेदेखि लागू हुने गरी निषेधाज्ञा घोषणा गरिएपछि राजधानी काठमाडौं छाड्नेको भीड बढेको छ .

निषेधाज्ञा घोषणा भएयताको २ दिनमा मात्र उपत्यकाबाट १ लाख मानिसहरू सार्वजनिक यातायातका साधन प्रयोग गरी सडकमार्ग हुँदै बाहिरिएको प्रहरीले जनाएको छ ।

हवाइ यातायात र निजी सवारी साधन प्रयोग गर्नेको संख्या जोड्ने हो भने यो तथ्यांक निकै माथि पुग्छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार वैशाख १३ गते ७ हजार ९ सार्वजनिक यातायातमा ५२ हजार १९० मानिसले उपत्यका छाडेको देखिन्छ । वैशाख १४ गते अर्थात हिजो ५० हजार ४५६ मानिसले सडकको बाटो भएर उपत्यका छाडेका छन् । 

महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीका अनुसार यो संख्या उपत्यकाबाट सार्वजनिक यातायातमार्फत बाहिरिनेको तथ्यांक मात्र हो ।

‘हामीले सार्वजनिक यातायात र भाडाका सवारीबाट जानेको तथ्यांक राखेका हौं, निजी सवारी साधनबाट बाहिरिनेको संख्या पनि धेरै छ,’ एसपी अधिकारीले लोकान्तरसँग भने, ‘हवाई उडानमार्फत बाहिर जानेहरूको तथ्यांक भने हामीसँग हुँदैन ।’

यो दुई दिनको अवधिमा राजधानी भित्रिनेको संख्या भने करीब ७० हजार छ ।

ट्राफिक प्रहरीको तथ्यांकअनुसार १४ गते ७ हजार ७७७ सवारी साधनमा ३२ हजार ३८३ जना यात्रु उपत्यका भित्रिएका छन् भने १५ गते ७ हजार ६३७ सवारी साधनमा ४१ हजार ४२० जना उपत्यका भित्रिएका छन् । 

यात्रु ठगिन नदिन छड्के जाँच

उपत्यकाबाट बाहिरिने यात्रुहरू नठगिऊन् भन्नका लागि ट्राफिक महाशाखाले छड्के जाँच गर्दै आएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बताए । 

‘अत्यधिक चाप भएकाले ठगिने सम्भावना हुने हुँदा छड्के जाँच शुरू गरेका छौं,’ एसएसपी भट्टराईले लोकान्तरसँग भने । 

महाशाखाले उपत्यकाको नयाँ बसपार्क, कोटेश्वर, कलंकी, लगायतका यात्रु बाहिरिने मुख्य नाकामा हेल्प डेस्क स्थापना गरेको छ । 

उपत्यकामा बसोबास गर्दै आएका मानिसहरू कोरोनाभाइरसको संक्रमण फैलिएसँगै उपत्यका छाडेर बाहिरिरहेका हुन् ।

हेर्नुहोस्, बुधवार बिहान कलंकीमा देखिएको भीड :

salt training

कमेन्ट गर्नुहोस्