×

NMB BANK
NIC ASIA

सामान्य सोचाइमा खानामा कसरी हुन्छ कला भन्नु स्वाभाविक हो तर सुन्दा अचम्म लागे पनि खाना तथा पकवान क्षेत्रमा पनि विशिष्ट खालका कला प्रयोग गरिन्छ ।

Sagarmatha Cement
Muktinath Bank

पकवान कलामा नेपालीहरू निकै खप्पिस देखिएका छन् । सबैको सोचमा कला भन्ने बित्तिकै पकवानमा जाँदैन । कसरी हुन्छ पाक शिक्षामा कला ? तर पाक शिक्षामा पनि गहिरो अनि व्यावसायिक रूपमा कलाकारिता प्रस्तुत हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसमा पनि तपाईंलाई पूर्ण ज्ञान छ भने चाहेको वस्तु विभिन्न फलफूल तथा तरकारीमा यावत बुट्टा कुदेर बनाउन सक्नुहुन्छ । यो क्षेत्रमा पनि आफ्नो अमूर्त कला व्यक्त गर्न सकिन्छ ।


Advertisment
Nabil box
Kumari

सबैको सोचमा खाना भन्ने बित्तिकै मिठो र स्वादिलो हुनुपर्छ भन्ने मात्र हुन्छ तर यो धेरै पुरानो मान्यता हो । अहिले खाना मिठो र स्वादिलो भएर मात्रै पुग्दैन, हेर्दा खाउँ–खाउँ लाग्ने आकर्षक, हेर्दा नै मुखबाट पानी झर्ने खालको हुनुपर्छ । 

Vianet communication
Laxmi Bank

लामो समयदेखि कार्यरत वरिष्ठ भान्से अधिकृत तथा फ्रेन्च खानाका विशेषज्ञ कृष्ण कार्की र अर्का नेपाली सेफ रामबहादुर लामाको भनाइमा खाना सामान्यतया सबैले बनाउन सक्छन् तर यसलाई कसरी आकर्षक तरिकाबाट पस्कने कमैलाई थाहा हुन्छ । यसमा निकै खप्पिस देखिएका छन् नेपाली सेफहरू ।

अर्की नेपाली महिला सेफ मिना थापा पनि लामो समयदेखि पकवान पेशामा हुनुहुन्छ । उहाँले कुबेत टावचदेखि विभिन्न ५ तारे होटलसम्मको यात्रामा धेरै पकवान कला देख्नुभयो र नेपालमा यो कला नसिके सेफमा काम पाउन नै गाह्रो छ । उहाँ जुनसुकै खानालाई आकर्षक तरिकाबाट पस्कन सक्नुहुन्छ । 

विशेषगरी तारे होटलका विभिन्न समारोह तथा पार्टीमा पकवान कलाको ठूलो महत्त्व छ । मिठो, स्वादिलो खानासहित विभिन्न कला झल्कने खालका चित्रहरू कोर्नका लागि फर्सी, खर्बुजा, स्वीट मेलन, गाजर, काक्रो, चुकन्दरदेखि लिएर भूइँकटहर, भन्टा र मुछेको पिठो समेत प्रयोग गरिन्छ । आधुनिक पकवान कलामा बटर, आइस, मैन समेत प्रयोग गरेको पाइन्छ । 

यसरी प्रयोगमा ल्याउने पकवान कलामा सजाउने कामको लागि चाहिने कार्भिङ सामानहरू प्याकेजको रूपमा बक्समा उपलब्ध हुन्छ । यसमा साना–साना चक्कुदेखि लिएर सम्पूर्ण कार्भिङका सामानहरू उपलब्ध हुन्छ । जसको प्रयोग गरेर विभिन्न माछा, सर्प, कुखुरा, खरायो, हाँस, विभिन्न प्रकारका फूलदेखि लिएर यावत कुराहरू कोर्न सकिन्छ । अहिले त कम्पनीको नाम र विशेष व्यक्तिको फोटो समेत उतार्ने फेसन चलेको छ ।

पकवानमा कला प्राचीनकालदेखि चल्दै आए पनि विशेष गरी पश्चिमी देशले सर्वप्रथम प्रयोगमा ल्याएको भन्ने प्रमाणहरू भेटिन्छन् । कागजमा कोरिने कला, ढुंगा काठ हुँदै पकवान कलामा पनि बिस्तारै विकसित हुँदै गएको विज्ञको भनाइ छ । 

समयसँगै यसको विकास पनि तीव्र हुँदै गएको छ । प्रतिस्पर्धाको जमानामा यसले पनि विकसित रूप लिँदै गएको छ । फलस्वरूप समय–समयमा यसका विभिन्न देशहरूबीच पकवान कला प्रतिस्पर्धा प्रदर्शन हुन थालेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x