२३ असार २०८३, मंगलबार

दोलखाको भीमेश्वरलाई पसिना आएपछि के गरिन्छ ?

बैशाख २५, २०७८
दोलखाको भीमेश्वरलाई पसिना आएपछि के गरिन्छ ?

प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा  एक घण्टा २५ मिनेटसम्म पसिना आएको छ । आज मध्याह्न १२ बजेर १५ मिनेटदेखि १ बजेर ३० मिनेट जाँदासम्म शिलामा  पसिना आएको  स्थानीय समाजसेवी  भरत प्रधानले बताए ।

 यस पटक शिलाको बायाँ र बीच भागमा पसिना आएको उनले बताए ।  बायाँ पसिना आउँदा  अनिष्ट हुने जनविश्वास रहेको छ  । भीमेश्वरलाई पसिना आएपछि मन्दिर परिसरमा ठूलो सङ्ख्यामा स्थानीयवासी र श्रद्धालु भक्तजन भेला भएका थिए । भीमेसनको शिलामा पसिना आएपछि स्थानीयवासी भेला भएर घण्टा, नगरा, स्थानीय बाजा बजाउँदै ‘कुनै अनिष्ट नहोस्’ भनेर कामना गर्ने र  शिलालाई चमरले हम्किने चलन छ । भीमसेनलाई पसिना आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टासहित सबै प्रकारका बाजा बजाइन्छ । पसिना आएको खबर सार्वजनिक हुनासाथ दर्शनार्थी मन्दिर परिसरमा पुगेका थिए ।

शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई प्रदान  गरिन्छ ।   साथै  शिलाको पसिना पुछिएको कपास राष्ट्रपति कार्यालयमा पठाउने प्रचलन  छ ।  पसिना पुछिएको कपास राष्ट्रपति कार्यालयमा पठाउनका लागि जिल्ला प्रशासन कार्यालयले जानकारीसमेत गराइसकेको छ ।  आइतबार राष्ट्रपति कार्यालयलाई भीमेश्वरको महाप्रसाद पठाइने  प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए  ।

salt training

कमेन्ट गर्नुहोस्