२३ असार २०८३, मंगलबार

कोरोना खोपको ६ वटा डोज एकैपटकमा लगाएपछि...

बैशाख २८, २०७८
कोरोना खोपको ६ वटा डोज एकैपटकमा लगाएपछि...

इटलीमा एक महिलालाई नर्सले कोरोनाविरुद्धको खोपको ६ वटा डोज एकैपटकमा दिएकी छन् । 

२३ वर्षीया महिलालाई फाइजर बायोएनटेकको ६ डोज भूलवश दिइएको हो । महिलालाई यति धेरै डोज एकैपटक दिँदा गलत असर पर्ला भनी अस्पतालमा निगरानीमा राखिएको छ । 
 

टस्कनीमा रहेको नोआ अस्पतालमा नर्सबाट भूल भएको हो । रोगीलाई अस्पतालमा २४ घन्टा राखिएको प्रवक्ता डेनिएलाले जानकारी दिइन् । 

त्यसपछि महिलालाई छुट्टी दिइएको पनि उनले बताइन् । 

पूरा शीशीको खोप नै सुईमा राखेर महिलालाई दिइएको थियो । एउटा शीशीमा खोपका ६ डोज हुन्छन् । 

खोपले इम्युन रेस्पोन्समा कस्तो असर पार्छ भनी निगरानी गरिएको थियो । 

अस्पताल प्रशासनले यस विषयमा आन्तरिक जाँचबुझ थालेको छ । यो मानवीय भूल भएको र जानीबुझी नगरिएको अस्पतालको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्