३१ जेठ २०८३, आइतबार

सिद्धबाबामा सुरुङमार्ग बन्ने निश्चित, सडक विभागले गर्‍यो टेन्डर आह्वान

जेठ ९, २०७८
सिद्धबाबामा सुरुङमार्ग बन्ने निश्चित, सडक विभागले गर्‍यो टेन्डर आह्वान

 ‘मृत्युमार्ग’को उपमा पाएको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग बन्ने निश्चित भएको छ ।

सडक विभागले आज (आइतबार) सुरुङ खन्नका लागि ग्लोबल टेन्डर आह्वान गरेको हो । ४५ दिनको समय दिएर सुरुङमार्गको टेन्डर आह्वान भएको सडक विभागको उपमहानिर्देशक विजय जैशीले लोकान्तरलाई जानकारी दिए । सुरुङमार्गको योजना अर्थमन्त्री विष्णु पौडेलले ल्याएका हुन् । टेन्डरका लागि ४५ दिनको समय रहेको छ । 

लामो समयदेखि यो योजना चर्चामा थियो । जैशीले भने, ‘स्वीस टिमले गरेको डिजाइनका आधारमा टेन्टर आह्वान भएको छ । जसमा १ किलोमिटर १२६ मिटरको सुरुङ हुनेछ । सुरुङमार्गको सुरु हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५ सय मिटरको रकनेट (जाली) रहन्छ । जुन ७८० मिटरको हुनेछ ।’

सुरुङमार्ग ५ वर्षभित्र बनाइसक्नुपर्नेछ । सुरुङमार्गको लागि अर्थमन्त्रालयले १० अर्ब रुपैयाँको बजेट सीमा दिएको छ । त्यही सीमाभित्र रहेर सुरुङमार्ग बन्नेछ । 

एमालेका उपमहासचिव समेत रहेका अर्थमन्त्री पौडेलले सुरुङ निर्माणका सबै प्रक्रिया सुुरु गरेर समयमै काम सुरु हुने बताए । उनले आयोजना निर्धारित मितिमै सम्पन्न हुने समेत जानकारी दिए ।  सिद्धबाबामा खसिरहने पहिरोबाट हुुने जनधनको क्षति रोक्न यो आयोजना महत्वपूर्ण रहने नेता पौडेलको भनाइ छ ।  

यो सडक खण्ड प्रयोग गरेर गुल्मी, पाल्पा अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ, हुँदै बेनीसम्म गाडी चल्ने गर्छन् । हिउँदो होस या वर्षायाम जुनुसकै बेला झर्ने चट्टान सहितको पहिरो खस्दा यात्रुले अकालमै मृत्यु हुुने गरेको छ ।

रुपन्देहीको चिडियाखोलादेखि पालपाको दोभानसम्म यस क्षेत्र अत्यन्तै जोखिमपूर्ण छ । दैनिक ५ हजारभन्दा बढी सवारी साधान यो सडकबाट आवत जावत गर्छन । आयोजना बन्ने भएपछि यस क्षेत्रमा जनता खुसी भएका छन । 

salt training

कमेन्ट गर्नुहोस्