×

NIC ASIA

लकडाउन डायरी - भाग ४

विमल केडियाको लकडाउन डायरी: घरमा बस्दा फुर्सद हुन्छ भन्छन्, तर मैले त समय नै पाएको छैन !

जेठ १०, २०७८

Prabhu Bank
NTC
Premier Steels

‘घरमा बसिरहने भएपछि त अहिले सबैको समय खाली खाली बित्छ भन्ने हामीलाई लाग्छ । तर मैले समय नै पाएको छैन जस्तो महशुस भइरहेको छ,’  प्रतिष्ठित उद्यमी, पूर्व सांसद एवं सामाजिक अभियान्ता विमल केडियाको भनाइ हो यो । निषेधाज्ञाको अहिलेको समय उनले घरमै परिवारसँग बिताइरहेका छन् । 

Muktinath Bank

उनी निषेधाज्ञाको अहिलेको समयमा पनि आफू निकै व्यस्त भएको सुनाउँछन् । उनी भन्छन्, ‘संसारै मेरो हो, मानव जगत नै मेरो हो, हामी सबै जिम्मेवार हुनुपर्छ भन्ने कुरा मनमा आएपछि सबैलाई सुरक्षित बनाउन लागिन्छ । म यसमै केन्द्रित भएर विभिन्न किसिमका कामहरू गरिरहेको छु ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रस्तुत छ, लकडाउन डायरीका लागि प्रतिष्ठित उद्यमी एवं पूर्व सांसद विमल केडियासँग लोकान्तरकर्मी परिवर्तन देवकोटाले गरेको कुराकानीको सम्पादित अंश उनकै शब्दमा :


Advertisment
Nabil box
Kumari

म निषेधाज्ञाको अवधिमा घरमा नै बसिरहेको छु । कोरोना महामारीको न्यूनीकरण तथा रोकथामका लागि घरमा बस्ने वा सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्नु नै महत्त्वपूर्ण कुरा हो, हामी सबैका लागि । त्यसैले पनि यस समयमा म बाहिर निस्किएको छैन । स्वयं पनि अनुशासित भएर समाजलाई अनुशासित बनाउनेतर्फ म घरबाटै अग्रसर भएको छु ।   

Vianet communication

घरमा बसिरहने भएपछि त अहिले सबैको समय खालीखाली बित्छ भन्ने हामीलाई लाग्छ, तर मैले समय नै पाएको छैन जस्तो महशुस भइरहेको छ ।

संसारै मेरो हो, मानव जगत नै मेरो हो, हामी सबै जिम्मेवार हुनुपर्छ भन्ने कुरा मनमा आएपछि सबैलाई सुरक्षित बनाउन लागिन्छ । म यसमै केन्द्रित भएर म विभिन्न किसिमका कामहरू गरिरहेको छु । 

घरमै बसेको अहिलेको अहिलेको समयमा मैले आफ्नो स्वास्थ्य, मन र चिन्तनलाई पवित्र, व्यवस्थित र सकारात्मक बनाउनका लागि जेजे आवश्यक पर्छ, खानपानका विधिदेखि योगध्यानका विधिहरू समेतमा आफूलाई इन्गेज गराइरहेको छु । तन र मनलाई सन्तुलित बनाएर राखिरहेको छु ।

योग, ध्यान, प्रणायाममा मेरो रुचि पहिलेदेखि नै थियो । तर निषेधाज्ञामा मैले यसलाई अझै गहिरो गरी बुझ्ने अवसर पाएँ । अहिले मैले दैनिक बिहान–बिहान आधा घन्टा र साँझ आधा घन्टा ध्यान गर्ने गरेको छु । घरमै छु र ध्यान आवश्यक हो भन्ने चिन्तन छ, यसले झन् सहज बनायो ।  

निषेधाज्ञाअगाडि मैले जति खुलेर परिवारलाई समय दिन सक्नुपथ्र्यो, त्यति दिन सकेको थिइनँ । तर अहिले यस बीचमा मैले परिवारको महत्त्व कति हुन्छ भन्ने कुरा झन् गहिराइमा बुझ्न पाएको छु । परिवारमा बसेपछि ससाना कुराहरूमा पनि रमाउन सक्नुपर्छ भन्ने लाग्छ । 

मेरो झुकाव प्रकृति, अध्यात्म तथा सामाजिक गतिविधितिर अलि बढी छ । चलचित्र हेर्ने, केही सामान्य खेल खेल्ने, गीत सुन्ने जस्ता विषयमा म समय बिताउँछु । 

खेलकै कुरा गर्दा म कटान खेल खेल्न रुचाउँछु । यो मलाई निकै रमाइलो लाग्छ । संयोगले हामी चारजना म, श्रीमती, छोरा र छोरीले नै खेल्छौं यो ।

एउटा रमाइलो माहोल सिर्जना हुन्छ खेल्दा । समय मिल्दा म चलचित्रहरू पनि हेर्ने गर्छु । मैले अस्तिमात्रै हिन्दी चलचित्र ‘गुरु’ हेरें । धेरै पहिले हेरेको थिएँ, यसलाई फेरि हेर्न मन लाग्यो । धिरुभाई अम्बानीको जीवनीमा बनाइएको चलचित्र हो यो । उहाँ कसरी अगाडि बढ्नुभयो, कस्ता कस्ता अप्ठ्यारा आए भन्ने कुरा देखाइएको छ यस चलचित्रमा । मलाई यो चलचित्र मन पर्छ पनि ।

एउटा कुरा भन्न मन लाग्यो, यतिखेर हामी शोकमा छौं । केडिया अर्गानाइजेसनकै २ जना सदस्य कोरोना संक्रमणकै कारण (मेरा आफ्नै काका र अर्को काकाका नाति) हामीले गुमाउनुपर्‍यो । हामी अहिले पीडामा त छौं, तर पीडाबाट बाहिर निस्कन केही गतिविधिमा संलग्न हुनुपर्छ भनेर हामी अहिले दुःखद् पक्ष भुल्ने प्रयास गरिरहेका छौं ।  

यसका साथसाथै पुस्तक पनि पढ्न सकिन्थ्यो । तर मोटामोटा पुस्तक देखेपछि मलाई त्यो पढेर कहिले सकिएला र भन्ने जस्तो लाग्छ, एकातिर व्यस्त जीवन, अर्कातिर त्यति धेरै शोख नभएको जस्तो लाग्छ मलाई पुस्तक पढ्न ।

पुस्तक पढ्नु राम्रो पक्ष हो, त्यसलाई मैले आत्मसाथ गर्न सकिनँ । तर इन्टरनेटमा गएर मैले जलवायु परिवर्तनदेखि हरेक किसिमका कुराहरूमा के गर्न सकिन्छ ? यस्ता कुराहरूमा मैले व्यापक अध्ययनहरू थालेको छु । यो मेरो इन्ट्रेस्टकै विषय पनि रहेको छ । 

एउटा रमाइलो कुरा अहिले परिवारमा चल्न थालेको छ । मैले आजसम्म पकाउने काम जानेको छैन र गरेको पनि छैन । तर ठट्टाठट्टामा श्रीमतीले कहिलेकाहीँ त केही पकाउनुपर्‍यो, केही बनाइदिनुपर्‍यो तपाईंले भन्छिन् । हाम्रोमा स्टाफ पनि छन्  । श्रीमती र छोरीले पनि मिलेर गरिरहेका छन् । अब मैले पनि जानेको छु, मैले पनि बनाउँछु है भन्नका लागि पनि पकाउन सिक्छु भन्ने सोच छ । निषेधाज्ञाले मलाई पकाउन पनि सिकाउँछ जस्तो छ ।

अहिले एउटा चुनौती थपिएको छ । यो मेरो लागि वा मेरो परिवारको लागि मात्र हैन सबैको लागि हो । साधारण समयमा पनि मोबाइल र इन्टरनेटको प्रयोग बढी हुने गरेको थियो । अहिले पनि त्यस्तै पाएको छु । मेरो कुरा गर्ने हो भने, मैले मोबाइल तथा इन्टरनेट एकदम सदुपयोग गरेको छु । इन्टरनेटमा नमस्ते, गुड मर्निङ जस्ता कुराहरू गरेर नै समय बित्ने भएकाले मैले यस्ता कुराहरू निषेध नै गरेको छु । 

यही बीचमा मैले २/३ वटा ग्रुप बनाएको छु । जुन ग्रुप सकारात्मक व्यक्तित्वहरूको हो । मुलुकलाई सही सल्लाह दिँदै हरेक क्षेत्रमा सेवा कसरी पुर्‍याउने र सेवा पाउन सहज कसरी बनाउने भन्ने विषयमा काम गर्छौं । 

कोरोनाबाट हामीले केही पाठ सिक्नुपर्ने देखिन्छ । भौतिक र अभौतिक दुवै रूपमा नै हामी बलियो बन्नुपर्ने हुन्छ । भनिन्छ नि, बलियो मान्छे कमजोर मन भयो भने ढलिन्छ तर कमजोर मान्छे बलियो मन भयो भने पनि अगाडि बढिन्छ । त्यसकारण तन र मनलाई नै बलियो बनाउनुपर्छ । सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने तथा आफ्नो सरसफाइमा बढी ख्याल गर्नुपर्ने हुन्छ ।

यस्तै खानपान तथा शारीरिक अभ्यासमा विषेश ध्यान तथा अनुशासन कायम राख्नुपर्ने रहेछ । यो मैले सिकेको कुरा हो र अरूले पनि यो सिक्नुपर्छ जस्तो लाग्छ । 


hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x