पाकिस्तानको कराचीबाट इस्लामाबादका लागि उडेको पीए २०० उडानमा एक जोडीले हर्कत गरेर अन्य यात्रुहरूलाई हैरान गरे अनि कर्मचारीहरूले पनि त्यस जोडीलाई साथ दिएका छन् ।
उडानकै क्रममा जोडीले एकअर्कालाई चुम्बन गरिरहे । यात्रीहरूले गुनासो गरेपछि विमान परिचारिकाले उनीहरूलाई रोक्न कोशिश गरिन् । नमानेपछि उनले कम्बल ल्याएर जोडीलाई ओढ्न दिइन् । उनीहरूले कम्बलभित्रै आफ्नो हर्कत जारी राखे ।
घटना गत साता बिहीवार भएको हो ।
विमानमा यात्रा गरिरहेका वकिल बिलाल फारूक अल्वीले विमान कर्मचारीहरूविरुद्ध नागरिक उड्डयन प्राधिकरणमा उजुरी दायर गरेका छन् । सार्वजनिक स्थानमा गरिएको अमर्यादित व्यवहारलाई कर्मचारीले रोक्न नसकेको भन्दै उनले मुद्दा दायर गरेका हुन् ।
उक्त जोडी चौथो लहरमा बसेको थियो र हर्कत गरिरहेको थियो । एयरहोस्टेसले रोक्न खोज्दा तिमीलाई के मतलब भन्दै जोडीले झपारेको थियो । अनि एयरहोस्टेसले कम्बल ल्याएर दिएकी थिइन् ।