३० जेठ २०८३, शनिबार

यसरी बनाउनुस् स्वादिष्ट भेजिटेबल समोसा

असार २८, २०७८
यसरी बनाउनुस् स्वादिष्ट भेजिटेबल समोसा

तपाईंले आलुको समोसा त धेरै खाइसक्नुभएको होला । यहाँ हामी तपाईंलाई भेजिटेबल समोसा बनाउने विधि सिकाउँदैछौं । 

सामग्री
मैदा दुई कप
तेल तीन चम्चा
जीरा अलिकति
आलु चारवटा (उमालेको र फुटाएको)
ताजा मटर आधा कप (उमालेको र फुटाएको)
गाजर एउटा (उमालेको र फुटाएको)
हरियो खुर्सानी तीनवटा (मसिनो गरी काटेको)
धनियाको धूलो आधा चम्चा
रातो खुर्सानीको धूलो आधा चम्चा
नून स्वादअनुसार
चाट मसला आधा चम्चा
तार्ने तेल
पानी आवश्यकता अनुसार

विधि
एउटा बाउलमा मैदा, नून, जीरा, कागतीको र पानी राखेर दह्रो डल्लो बनाउनुस् । 
 

प्यानमा तेल तताउनुस् र त्यसमा हरियो खुर्सानी र प्याज भुट्नुस् । 

अब त्यसमा नून र अन्य मसला हालेर पकाउन्स् । 

फुटाइएका आलु आदिसँगै धनिया र चाट मसला पनि राखेर पकाउनुस् । 

अघि मुछेको पीठोबाट सानासाना टुक्रा लिएर बेल्नुस् । 

अब त्यसलाई दुई भागमा काट्नुस् । 

एउटा त्रिकोण बनाएर त्यसभित्र आलु लगायतका कुराको मिश्रण राखेर समोसाको आकार दिएर बन्द गर्नुस् । 

छुट्टै प्यानमा तेल तताएर समोसालाई सुनौलो रंग नआउन्जेल तार्नुस् । 

त्यसलाई प्लेटमा राखेर पुदिनाको अचार वा इमलीको अचारसँग तात्तातो पस्किनुस् ।
 

salt training

कमेन्ट गर्नुहोस्