३२ असार २०८३, बिहीबार

५ वर्षकी बालिकाले गरिसकिन् ४० देशको भ्रमण

जेठ १८, २०७८
५ वर्षकी बालिकाले गरिसकिन् ४० देशको भ्रमण

भारतको अजमेरमा बस्ने पाँच वर्षीया बालिका धनारीले सानै उमेरमा ४० वटा देश भ्रमण गरिसकेकी छन् । 

उनले सबभन्दा धेरै देश घुम्ने बच्चाको उपाधि पाएर इन्डिया बूक अफ रेकर्डमा पनि नाम लेखाइसकेकी छन् । 
 

थाइल्यान्डमा व्यापार गर्ने सोनिया र नरेन बुलानीले आफ्नी छोरीलाई धेरै देश घुमाएका हुन् । 

मातापिताले बच्चालाई पूरा समय दिँदा राम्रो हुने सोनिया बताउँछिन् । त्यसैले धनारीलाई एक्लै छोडेर कतै नगएको उनको भनाइ छ । 

बिजनेस मीटिङमा पनि धनारीलाई साथै राखेको अनि धनारीका कारण कुनै पनि भ्रमण रद्द गर्न नपरेको सोनियाले बताइन् । 

चार वर्षअघि धनारीले थाइल्यान्डबाट भारतको पहिलो यात्रा गरेकी थिइन् र अन्तिमपटक उनी नाइजरको यात्रामा थिइन् । 

कुनै देश त उनी पाँचपटक पनि गइसकेकी छन् । एयरलाइन्सका कर्मचारीले पनि उनलाई चिन्न थालेका छन् । एयर होस्टेसले उनीसँग सेल्फी लिने गरेका छन् । एयरलाइन्सले उनलाई गिफ्ट पनि दिने गरेका छन् । 

थाइल्यान्डको विद्यालयमा के–२ मा पढ्ने धनारी विमान यात्राका बेलामा चित्र बनाएर बस्छिन् । उनी एयरहोस्टेसहरूसँग कुराकानी पनि गर्छिन् । 

अरू बच्चा विमानमा रुनेकराउने भए पनि उनी चाहिँ हाँस्ने रमाइलो गर्ने आमा सोनिया बताउँछिन् ।

salt training

कमेन्ट गर्नुहोस्