
साथीबाट दुश्मन तथा दुश्मनबाट साथी बनेका सलमान खान तथा शाहरुख खानले ‘करण अर्जुन’, ‘कुछ कुछ होता हैं’, ‘हम तुम्हारे हैं सनम’ जस्तो फिल्मका साथ काम गरेका छन् ।
फिल्म उद्योगमा यी दुई खान १० वर्षको अन्तरालपछि एक पटक फिल्ममा साथै देखिने भएका छन् सलमान खानको आगामी फिल्म ट्युवलाइटमा । जसमा शाहरु खान अतिथि कलाकारको रुपमा देखिने छन् ।
बीबीसँग सलमान खान भन्छन्,‘फिल्मको एक महत्वपूर्ण मोडमा शाहरुखको भूमिका अनउाछ । हामिलाई शाहरुख जस्तो व्यक्तित्व भएको कलाकारको आवश्यकता थियो, र उनको आभारी पनि छन् किनकी उनले अतिथि भूमिका निर्वाह गरे ।’
फिल्ममा सलमानका भाई साहिल खानले उनको भाइको भूमिका निभाएका छन् जो युद्ध लड्न जान्छन् ।
फिल्म उद्योगमा सलमानलाई जति सफलता मिलेको छ त्यति सफलता उनका भाइ सोहेल र अरबाजलाइ मिलेको छैन ।
सलमान दुवै भाइको असफलताको जिम्मेवारी लिन्छन् ।
सलमान भन्छन्,‘म उनीहरुको दुर्भाग्य हूँ, जब अरबाज तथा सोहेलले फिल्ममा काम गर्न शुरु गरेका थिए तब म अर्को चरणमा पुगिसकेको थिए । मानिस सोच्थे की उनीहरुलाई सामान्य कुनै भूमिका दिए मैले नराम्रो मान्ने सोच्थे । यदी उनीहरु मेरा भाइ नभएको भए उनीहरुको करियर राम्रो हुने थियो । तर निर्देशक र निर्माताको रुपमा उनीहरुले राम्रो गरिरहेका छन् ।’
इदको अवसर पारेर रिलिज हुन लागेको ट्युवलाइटले बाहुबलीको रेकर्ड तोड्न सक्छ कि भन्दै आशा गरिएको छ ।