२७ असार २०८३, शनिबार

गण्डकीमा वैकल्पिक सरकारका लागि पृथ्वीसुब्बा गुरुङको पनि दाबी !

जेठ २९, २०७८
गण्डकीमा वैकल्पिक सरकारका लागि पृथ्वीसुब्बा गुरुङको पनि दाबी !

गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठनका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेस गरेको चर्चा छ । 

प्रदेश प्रमुखले वैकल्पिक सरकार बनाउन २४ घण्टाको समयसीमा शनिबार दिउँसो ३ बजे सकिँदा गण्डकीमा नयाँ ट्वीष्ट सुरु भएको हो ।

विघटित सरकारका मुख्यमन्त्री गुरुङले राष्ट्रिय जनमोर्चा नेपालका कृष्ण थापा र जनता समाजवादी पार्टीको प्रदेश कमिटीको समर्थन रहेको पत्रका आधारमा दाबी पेस गरेको बताइएको छ । 

यसअघि शुक्रबार नै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सहितका गठबन्धनले सशरीर उपस्थित भएर सरकारको दाबी गर्दै बहुमत अर्थात ३१ सदस्यको हस्ताक्षर बुझाइसकेका थिए । 

गण्डकीमा सत्ताको खेल भइरहँदा छिनछिनमा नयाँ–नयाँ घटनाक्रम विकास हुनुलाई आममानिसहरुले स्वभाविक मान्न थालिसकेका छन् । 

गुरुङको दाबीले पनि प्रदेशमा नयाँ बनाउन नदिन र संसद विघटनतिर लैजान चलखेल भइरहेको प्रतिपक्षी दलहरुको शंका छ । प्रदेशमा जनमोर्चाका ३ र जसपाका २ सदस्य छन् । जनमोर्चाका कृष्ण थापाले केहीबेर अघि प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेटेर फर्केका छन् । उनी के कति कारण भेट्न गए भन्ने आशंका छ । 

यसबारेमा आधिकारिक बुझ्न सरकारी अधिकारीहरु सम्पर्कमा आउन चाहेका छैनन् । 

मुख्यमन्त्री गुरुङले संसदमा विश्वासको मत ल्याउन नसकेपछि उनी बिहीबार स्वतः पदमुक्त भएका थिए ।

उनको पक्षमा नेकपा एमालेका २७ जनाले मतदान गरेकोमा विपक्षमा ३० मत थियो । जसमा काँग्रेसका १५, माओवादी केन्द्रका ११, जनमो र जसपाका २–२ जनाले विपक्षमा मतदान गरेका हुन् ।

यस्तै राजमोका कृष्ण थापा तटस्थ बस्दा स्वतन्त्र सांसद दीपक मनाङ्गे संसदमै आएका थिएनन् । युवा तथा खेलकुद मन्त्री रहेका मनाङ्गेले अहिले भने विपक्षी गठबन्धनलाई सघाउँदै शक्तिशाली मन्त्रालयको दाबी गरिरहेको चर्चा छ ।
 

salt training

कमेन्ट गर्नुहोस्