१९ असार २०८३, शुक्रबार

कस्तो भाग्य ? ह्वेलको मुखमा पुगेर पनि बाँचेका व्यक्ति २० वर्षअघि परेका थिए विमान दुर्घटनामा

जेठ ३१, २०७८
कस्तो भाग्य ? ह्वेलको मुखमा पुगेर पनि बाँचेका व्यक्ति २० वर्षअघि परेका थिए विमान दुर्घटनामा

अमेरिकाको केप कोडमा गत शुक्रवार ह्वेल माछाको मुखमा पुगेर पनि जिउँदै फर्किन सफल माइकल प्याकार्ड २० वर्षअघि विमान दुर्घटनामा पनि परेको पाइएको छ । 
 

कोस्टारिकाको एक जंगलमा भएको उक्त विमान दुर्घटनामा तीनजना मारिएका थिए भने पाँचजना जंगलमा हराएका थिए । 
 

प्याकार्डले सन् १९९० देखि कोस्टारिकामा रमाइलाका लागि माछा मार्ने गरिरहेका थिए । सन् १९९८ मा उनले मार हुरोन स्पोर्टफिशिङ नामक कम्पनी खोलेका थिए । 

उनी केप कोड र कोस्टारिका आउजाउ गरिरहन्थे ।

शुक्रवार पनि उनी महासागरमा लब्स्टर खोज्न पुगेका थिए । 

‘म महासागरमा निकै तल पुगेको थिएँ । अनि मैले अचानक ठूलो कुराले मलाई हिर्काएको अनुभव गरें । अनि सबै कुरा अँध्यारो भयो । मैले भनें– हे भगवान्, म ह्वेलको मुखमा छु,’ उनले एनबीसी१० बोस्टनसँगको अन्तर्वार्तामा बताए । 

पहिला त उनलाई शार्कले आक्रमण गरेको हो कि जस्तो लाग्यो । तर तीखो दाँत अनुभव नगरेको र पीडा पनि नभएको अनुभव गरेपछि उनले के भएको थाहा पाए । 

उनी ह्वेलको मुखमा एक मिनेटसम्म थिए । पछि ह्वेलले गलत कुरा मुखमा हालिएछ भन्ने लागेर आफूलाई थुकेर फालेको प्याकार्ड दाबी गर्छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्