१८ असार २०८३, बिहीबार

पार्किङमा राखेको कारलाई भुइँले निलेपछि (भिडियो)

असार १, २०७८
पार्किङमा राखेको कारलाई भुइँले निलेपछि (भिडियो)

भारतको मुम्बईमा रहेको एक पार्किङ स्पेसमा राखिएको कार अचानक खाल्डो बनेर त्यसैभित्र पसेको अनौठो भिडियो सार्वजनिक भएको छ । 

मुम्बईमा केही दिनयता भइरहेको अविरल वर्षाका कारण इनार पुरेर बनाइएको पार्किङ लटमा कार धसिएको हो । 

कारका मालिकले खिचेको भिडियोमा कार भुइँमा बनेको खाल्डोमा पसेको र मुनिको फोहर पानीमा चोपलिएको देखिन्छ । 

अधिकारीहरूले प्वाल परेको ठाउँबाट पानी पम्पले बाहिर फालेर कारलाई एक्स्क्याभेटरको सहायताले बाहिर निकालेका थिए । 

६७ वर्षीय डा किरण दोषीको कार इनारमा पसेको हो । उनले बताएअनुसार, कार पुछ्ने महादेव शिगवानले बिहान खाल्डो बनेको देखेका थिए । 
 

शिगवानले यसबारेमा सचेत गराएपछि किरण दौडिँदै त्यहाँ पुगेका थिए । उनकै कार खाल्डोमा पसेको देखेपछि उनले भिडियो खिचेका थिए । 

राम निवास कोलोनीका निवासीलाई पानी दिलाउने इनारमाथि पार्किङ लट बनाइएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्