×

NIC ASIA

कोरोना कहर

कोरोनाले थलियो पर्यटन क्षेत्र : पलायन भए व्यवसायी, मोटरसाइकल बेचेर गुजारा टार्दै मजदुर !

असार १, २०७८

Prabhu Bank
NTC
Premier Steels

कोरोनाभाइरस (कोभिड– १९) महामारीका रूपमा फैलिएसँगै स्वास्थ्य क्षेत्र मात्र होइन अर्थतन्त्र पनि अस्तव्यस्त बनेको छ । 

Muktinath Bank

विश्वका ठूल्ठूला अर्थतन्त्रहरूलाई समेत हल्लाएको कोरोनाले नेपालमा असर नपार्ने कुरै भएन । नेपालमा स्वास्थ्यपछि सबैभन्दा बढी प्रभावित भएको क्षेत्र हो, पर्यटन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालको जीडीपीमा महत्त्वपूर्ण योगदान गर्दै आएको पर्यटन क्षेत्र कोरोनाको पहिलो लहरयता नै लयमा आउन सकेकेको छैन ।


Advertisment
Nabil box
Kumari

अन्य केही व्यवसाय बीचमा लयमा फर्किएपनि पर्यटन कोरोना महामारी शुरू भएयता नै ठप्पप्रायः छ ।

Vianet communication

व्यवसाय ठप्प भएपछि पर्यटन व्यवसायीहरू चिन्तित छन् । कतिपय व्यवसायबाटै पलायन भएका छन् भने कतिपय ऋणले थलिएका छन् । 

पर्यटनका कुन क्षेत्रमा कस्तो असर ? 

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी अहिले कतिपय पर्यटन व्यवसायी पलायन भएको बताउँछन् । लोकान्तरसँग उनले भने, ‘साढे ३ लाखभन्दा बढी जनशक्तिले त रोजगारी गुुमाएका छन् ।’

जनवरी १, २०२० मा सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको थियो । २०२० भरि नै पर्यटन क्षेत्रलाई विषेश रूपमा चलायमान बनाउने घोषणासहित आएको कार्यक्रम महामारीकै कारण सञ्चालन हुन सकेन । 

उनले भने, ‘केही हुन्छ भन्ने आश त थियो, तर अहिले सबै ठप्प छ । दोस्रो वेभ सकिएपछि तेस्रो वेभ आउने हल्लाले हामी झनै चिन्तित छौं ।’

यस बीचमा टानमा आबद्ध साढे ३ लाख बढी जनशक्तिले रोजीरोटी गुमाएका छन् । 

अध्यक्ष सुवेदी भन्छन्, ‘हामी त शुन्यमा झरिसकेका छौं । कति नोक्सान भयो भन्ने नै यकिनका साथ भन्न सकिने अवस्था छैन ।’

टानमा हालसम्म काठमाडौंमा १ हजार ९ सय हाराहारीमा कम्पनी र पोखराका करीब १ सय ८० कम्पनी आबद्ध छन् । यस बीचमा निषेधाज्ञा र पर्यटन क्षेत्र ठप्प हुँदा ती कम्पनीहरूमा कार्यरत सबै प्रभावित छन् । 

‘पहिलो निषेधाज्ञामा हामीले १५ अर्ब जतिको नोक्सानी व्यहोर्नुपरेको थियो, अहिले त यो भन्दा निकै बढी छ, तर यकिनका साथ भन्न सक्ने अवस्था छैन,’ लोकान्तरसँग उनले सुनाए ।

कोरोना महामारीको दोस्रो वेभ आउनुअगाडि केही मात्रामा पर्यटक आउनाले पदयात्रातर्फ न्यून कारोबार भएको भन्दै उनले त्यसभन्दा अरू त ठप्पै भएको सुनाए ।

यसबीचमा कतिपय सदस्यहरूले विभिन्न ठाउँबाट ऋण लिएर दैनिक गुजारा गरिरहेको उनले सुनाए । सुवेदीले भने, ‘श्रमिकहरूको त हालत नै खराब छ । कतिपयले भएको मोटरसाइकल बेचेर दैनिक गुजारा चलाइरहेको अवस्था छ । एकदमै दुःखदायी अवस्था छ ।’

होटल क्षेत्रमा पनि दुःख उस्तै 

यता, होटल क्षेत्रको पनि दुःख उस्तै छ । महामारीका कारण विदेशबाट आउनेहरू त आउन पाएनन् नै आन्तरिक ग्राहकहरू पनि घरभित्र थुनिएका छन् ।

सरकारले कतिपय तारे होटललाई क्वारेन्टीन बनाएपनि विदेशबाट आउने मानिसहरू ‘सोर्स फोर्स’ लगाएर होटल क्वारेन्टीनमा नबसी सिधै गाउँ पुग्ने गरेको होटल एसोसिएसन (हान)का एक सदस्यले बताए । 

‘विमानस्थलबाट सिधै घर जानेहरू भएपछि यहाँको क्वारेन्टीनको त अर्थ नै छैन,’ उनले भने ।

हानका प्रथम उपाध्यक्ष तथा प्रवक्ता विनायक शाहले होटल क्षेत्रमा कोरोना महामारीले ठूलो प्रभाव पारेको सुनाए । उनले सुरक्षाका उपाय अवलम्बन गर्दै होटलहरू सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । 

‘सबैलाई खोप दिएर सुरक्षित उपाय लगाएर सरकारले काम गर्नुपर्छ, अनि मात्र उठ्न सकिन्छ,’ उनले भने ।

टुरिस्ट गाइडलाई धौधौ 

यस्तै नेपालमा सरकारबाट अनुमतिप्राप्त करीब ४ हजार ५ सय टुरिस्ट गाइड छन् । उनीहरूमध्ये करीब २ हजार ५ सय यही क्षेत्रमा सक्रिय रहेको र कतिपय भने अनौपचारिक रूपमा यस क्षेत्रमा आबद्ध भएको टुरिस्ट गाइड एसोसियसन अफ नेपाल (टुर्गान)का निवर्तमान अध्यक्ष केदार तामाङले लोकान्तरलाई जानकारी दिए । 

उनले अहिले कोरोना महामारीका कारण यसै क्षेत्रमा सक्रिय करीब २ हजार ५ सय टुरिस्ट गाइड प्रभावित भएको बताए ।

उनका अनुसार एसोसिएसनमा १ हजारभन्दा बढी मजदुर आबद्ध छन् । उनीहरू सबै महामारीबाट रोजीरोटी गुमाएर बस्नुपरेको अवस्थामा छ ।

कतिपय पछि पुनः यस क्षेत्रमा आबद्ध हुनसक्ने भएपनि कतिपय पलायन भइरहेको उनको भनाइ छ  ।

‘हाम्रा कतिपय साथीहरूलाई दैनिक गुजारा चलाउन र रोजीरोटीका लागि पनि निकै गाह्रो भइरहेको अवस्था छ,’ उनले भने । 

उनले अब यो कोरोना महामारी कहिलेसम्म जान्छ भन्ने नै भन्न नसकिएको भन्दै के कति नोक्सान भयो भन्ने लेखाजोखा नै नभएको बताए । 

उनले भने, ‘हामीसँग भएका शिक्षित र विज्ञ साथीहरू पलायन हुने अवस्थामा हुनुहुन्छ भने कतिपय पलायन नै पनि भइसक्नुभएको छ । अहिले त कतिपयलाई घर खर्च चलाउन पनि मुस्किल परिरहेको छ ।’

ठमेलमा मात्रै ८० हजार रोजगारविहीन

ठमेल पर्यटन परिषद्का उपाध्यक्ष भविश्वर शर्माले ठमेलमा मात्रै १० हजार पर्यटन व्यवसायी तथा करीब २ हजार घरधनीहरू प्रभावित भएको बताए ।

‘सामान्य अवस्थामा सिजनमा दैनिक २५/३० करोडको व्यापार हुन्थ्यो भने अफसिजनमा १२/१५ करोडको व्यापार हुन्थ्यो, त्यो अहिले ठप्प छ,’ उनले भने । 

स्वरोजगार व्यवसायमा आबद्ध अधिकांश व्यवसायीहरू पनि बेरोजगार भएपछि परिवार नै समस्यामा परेको उनको भनाइ छ । 

ठमेल क्षेत्रमा मात्रै स्वरोजगार व्यवसायीहरू ९० प्रतिशत रहेको उनको भनाइ छ । त्यस्तै १० प्रतिशत भने औद्योगिक व्यवसायी छन् । 

उनले ठमेल क्षेत्रमा पर्यटन व्यवसायीहरू ८० देखि ९० हजारसम्मको हाराहारीमा रहेको बताउँदै अहिले उनीहरू बेरोजगार हुनुपरेको सुनाए । 

अध्ययन गर्दै पर्यटन बोर्ड 

कोरोना महामारीका कारण पर्यटन क्षेत्र ठप्प हुँदा करीब १२ लाख जनशक्तिको रोजगारी गुमेको सरकारले यस घि नै बताइसकेको छ । जसमध्ये औपचारिक क्षेत्रमा मात्रै करीब ४ लाख मजदुरले रोजगारी गुमाएका छन् । 

कोरोना महामारीको दोस्रो वेभले पर्यटन क्षेत्रलाई थप धक्का दिएको छ ।

यसबारे अहिले पर्यटन बोर्डले अध्ययन गरिरहेको बोर्डका एक सदस्यले लोकान्तरलाई जानकारी दिए । 

‘बोर्डको नेतृत्वमा अहिले पर्यटन क्षेत्रमा के कति नोक्सानी भयो भन्नेबारे अध्ययन भइरहेको छ,’ ती सदस्यले लोकान्तरले भने । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x