गायक राजेश बर्देवा र नेपाल आइडल रबी ओडले नयाँ गीत “कुर्सी तानातान” सार्वजनिक गरेका छन् ।
रवि ओड, राजेश वर्देवा साथै विपना अधिकारी र रेजिना परियारको आवाज रहेको उक्त गीतमा शब्द रचना प्रतिभा चापागाईं तथा एल पी धमलाको रहेको छ।
उक्त “कुर्सी तानातान” मा राजेश बर्देवाको संगीत तथा एरेन्ज रहेको छ।
शिला क्षेत्री को निर्देशन रहेको भिडियोलाई अनिल विष्ट (प्यूठानी) ले छायांकन र सम्पादन गरेका हुन् ।