१७ असार २०८३, बुधबार

चश्मा नलगाइकन पत्रिका पढ्न नसक्ने दुलाहासँग विवाह गर्न मानिनन् दुलहीले

असार ११, २०७८
चश्मा नलगाइकन पत्रिका पढ्न नसक्ने दुलाहासँग विवाह गर्न मानिनन् दुलहीले

भारतको उत्तर प्रदेशमा रहेको औरैयामा विवाह समारोह चल्दै गर्दा अनौठो घटना भएको छ ।

विवाहको मंगलगीत गाइँदै गर्दा दुलाहा जन्ती सहित दुलहीको घर आइपुगेका थिए । दुलाहाले मोटो चश्मा लगाएको देखेपछि दुलही पक्षको सातो गयो । दुलाहाले चश्मा लगाई पत्रिका पढ्न नसक्ने कुरा दुलही पक्षले थाहा पायो । 

अर्चनाको बिहे शिवमसँग पक्का भएको थियो । दाइजोमा मोटरसाइकल र नगद समेत दिइसकिएको थियो । आइतवार जन्ती अर्चनाको घर पुग्दा शिवमले एकछिन पनि चश्मा खोलेनन् । 
 

शिवमलाई चश्मा खोल्न लगाउँदा उनले चश्माविना केही पनि देख्दिनँ भने । उनको दृष्टि निकै कमजोर पाइयो । 

त्यसपछि अर्चनाले शिवमसँग विवाह गर्न मानिनन् । अनि दुलही पक्ष एकोहोरो लागेर शिवमसँग कुनै हालतमा विवाह नहुने बतायो । दाइजो दिँदा अनि विवाह समारोह गर्दा लागेको सबै खर्च फिर्ता दिन पनि दुलही पक्षले लगायो । 

दुलाहा पक्षले नमानेपछि दुलही पक्षले प्रहरीसमक्ष उजुरी समेत दर्ता गराएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्