
लगातारको अविरल वर्षाका कारण चितवनका अधिकांश क्षेत्र डुबानमा परेका छन् । खोलानदीमा पानीको बहाव ह्वात्तै बढेको छ ।
डुबानमा परेका वस्तीहरूबाट मानिसको उद्धारका लागि सुरक्षाकर्मीहरू खटिएका छन् ।
यसैक्रममा रत्ननगर नगरपालिका–८, रमाइलोडाँडास्थित सुकुम्वासी वस्तीकी एक सुत्केरीलाई उद्धार गरिएको छ । साथै खैरहनी नगरपालिका-१, सुकुम्वासी वस्तीका १५९ स्थानीयलाई उद्धार गरेर सुरक्षित स्थानमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।