पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
असार ३१, २०७८
भारत र चीनबीच पोहोर साल जुन महिनामा भएको हिंस्रक भिडन्तपछि सैन्य स्तरमा ११ चरणको वार्ता भइसकेको छ । तैपनि सीमाविवादको कुनै हल निस्केको छैन ।
बुधवार भारतीय पत्रिका बिजनेस स्ट्यान्डर्डले त्यहाँको रक्षा मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै गलवानमा हालैको दिनमा चीन र भारतका सैनिकहरूबीच भिडन्त भएको खबर दिएको छ ।
चिनियाँ जनमुक्ति सेनाले वास्तविक नियन्त्रण रेखालाई धेरै ठाउँमा उल्लंघन गरेको पनि उक्त समाचारमा उल्लेख गरिएको छ । आफूले सहमतिअनुसार छोडेको कतिपय ठाउँमा चिनियाँ सेना पुनः आइपुगेको र मे तथा जुन महिनामा दक्षिणी लद्दाखको देम्चोक र चुमारमा भारतीय सैनिकहरूले चिनियाँ सेनाको उपस्थिति बढेको सन्देश दिएको भनी समाचारमा लेखिएको छ ।
बिजनेस स्ट्यान्डर्डले सेनाका अधिकृतहरूसँग पनि कुरा गर्दा चिनियाँ जनमुक्ति सेनाले एस–४०० एयर डिफेन्स मिसाइलका दुईवटा रेजिमेन्ट लद्दाख नजिक तैनाथ गरेको लेखेको छ । त्यस रुसी हतियार प्रणालीले लद्दाखको जुनसुकै ठाउँमा भारतीय विमानलाई खसाउन सक्ने बताइएको छ ।
तर भारतीय सेनाले गलवान तथा लद्दाखका अन्य कुनै पनि भागमा हालैको समयमा भारतीय र चिनियाँ सेनाबीच भिडन्त नभएको स्पष्ट पारेको छ । बिजनेस स्ट्यान्डर्डको समाचार गलत तथा भ्रामक दाबीका साथ प्रकाशित भएको र संवाददाताको दुराशय यसबाट झल्किएको सेनाको भनाइ छ ।
उक्त समाचार लेख्ने भारतीय सेनाका सेवानिवृत्त काभालरी कर्नेल अजय शुक्ला भने सेनाको खण्डनका बावजूद आफ्नो दाबीमा अडिग रहेका छन् । उनले अनलाइन पत्रिका द वायरका करण थापरसँगको भिडियो अन्तर्वार्तामा लद्दाखमा चिनियाँ सेना गर्मी लागेसँगै फर्किएको र भारी मात्रामा हातहतियार तथा बन्दोबस्तीका सामानका साथ सुसज्जित रहेको र कुनै पनि बेलामा भिडन्त हुन सक्ने बताएका छन् ।
भारतका अन्य सञ्चारमाध्यमले पनि लद्दाखका विभिन्न भागमा सीमापारि चिनियाँ सैनिकहरूको उपस्थिति बढेको खबर दिएका छन् । युद्धका लागि तम्तयार चिनियाँ सेना सीमामा रहेको कटु यथार्थले भारतलाई तनाव दिएको छ ।
प्रश्न उठ्छ, चिनियाँ सेनाले किन यसरी भारतीय सीमामा युद्धस्तरको तैनाथी गरिरहेको हो ? यससम्बन्धका विभिन्न विश्लेषणहरू पाइन्छन् ।
एकथरीको मतमा चीनले अमेरिकासँगको संघर्षका लागि तयारी गर्न भारतलाई उदाहरण बनाउन खोजेको छ । फाइनान्सियल टाइम्स पत्रिकाका पूर्व बेइजिङ ब्युरो प्रमुख रिचर्ड मकग्रेगोर चिनियाँ जनमुक्ति सेनाले आफ्नो क्षमताको परीक्षण गर्नका लागि भारतसँग भिडन्त गर्न खोजेको बताएका छन् ।
अमेरिका र चीनबीच शीतयुद्धको स्थिति निर्माण भएको भनी अमेरिकी थिंकट्यांकहरूले बताइरहँदा चीनले भारतमाथिको सैन्य कारवाहीमार्फत अमेरिकालाई रणनीतिक सन्देश दिएको देखिन्छ । पहिलेको शीतयुद्धमा अमेरिकाले सोभियतको सामना गर्नका लागि चीनलाई साथ लिएको थियो । त्यो इतिहासको साक्षी भएको नाताले चीनले अहिले अमेरिकालाई आफूविरुद्धको कथित शीतयुद्धमा भारतको साथ लिन खोज्नुको औचित्य छैन भनी सन्देश दिएको हुन सक्छ ।
अमेरिकी नेतृत्वको क्वाडलाई चीनले आफूविरुद्धको रणनीतिक तथा सामरिक गठबन्धन भएको आकलन गरिरहेको छ । त्यसैले क्वाडका सदस्य मुलुकहरू भारतलाई सैन्य माध्यमले अनि अस्ट्रेलियालाई आर्थिक माध्यमले चीनले दबाबमा राख्न खोजेको जस्तो देखिन्छ ।
त्यसो त भारतलाई स्थलनाकामा अल्झाएर जलक्षेत्रमा आफूविरुद्धको शक्तिका रूपमा उदय हुन नदिने रणनीति चीनले लिएको हुन सक्ने पनि केही विश्लेषकहरूको कथन छ । भारतका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेननले एक वेबिनारमा यस्तो अनुमान गरेका हुन् । हिन्द महासागरमा आधिपत्य कायम गर्न खोजिरहेको चीनले भारतबाट आउन सक्ने चुनौतीलाई रोक्नका लागि स्थलनाकामा घाँटी अँठ्याएको हुन सक्ने उनको भनाइ छ ।
उनको यस भनाइलाई अमेरिकाको थिंकट्यांक स्टिमसन सेन्टरमा चाइना प्रोग्रामकी निर्देशक युन सुनको लेखले पुष्टि गर्छ । वार अन द रक्स नामक अन्लाइन पत्रिकामा पोहोर साल छापिएको उनको लेखमा यस्तो उल्लेख गरिएको छ:
हिमालय क्षेत्रमा भिडन्त गर्ने समय र यसको प्रकृतिले चीनको रणनीतिक आकलन तथा तत्कालीन अभीष्टका विषयमा महत्त्वपूर्ण प्रश्नहरू उठाएको छ । तत्कालका लागि चीनले भारतसँगको सीमामा स्थायी संरचना बनाउने काममा रोक लगाउन खोजेको देखिन्छ भने दीर्घकालीन रणनीतिका रूपमा चीनले भारतलाई स्थलक्षेत्रको शक्तिराष्ट्र (कन्टिनेन्टल पावर) का रूपमा सीमित गर्न खोजिरहेको छ । अर्थात् भारतलाई जलक्षेत्रको शक्तिराष्ट्र (मेरिटाइम पावर) बन्न नदिने चीनको दीर्घकालीन रणनीति देखिन्छ ।
विशेषगरी भारतले लेहलाई काराकोरम पाससँग जोड्ने रणनीतिक रूपमा महत्त्वपूर्ण तथा सबै मौसममा चल्ने २५५ किलोमिटर लामो दार्बुक–श्योक–दौलत बेग ओल्डी सडक बनाएपछि त्यसलाई निगरानी गर्नका लागि चीनले सीमामा स्थायी संरचना बनाउने र भारतीय सेनाले गश्ती गरिरहेका ठाउँमा समेत रोक्ने काम गरिरहेको देखिन्छ ।
अफगानिस्तानबाट अमेरिका बाहिरिएको स्थितिमा काराकोरम पास हुँदै पाकिस्तानअधीनस्थ कश्मीरसँग जोडिने चीनको सडक सञ्जालमा भारतबाट कुनै व्यवधान नआओस् भन्ने चीनको चाहना हो । बेल्ट यान्ड रोड इनिसिएटिभ अन्तर्गतको चीन–पाकिस्तान आर्थिक कोरिडोर अफगानिस्तानमा चीनको परियोजना विकासको महत्त्वपूर्ण सम्पर्क सडक हो र त्यसको रक्षाका लागि चिनियाँ जनमुक्ति सेनाले कुनै पनि हालतमा ठाउँ छोड्ने देखिन्न ।
कश्मीर र ताजिकिस्तानबीचको महत्त्वपूर्ण वाखान कोरिडोर (अफगानिस्तान) को सुरक्षाका लागि पनि त्यसभन्दा दक्षिणमा रहेको काराकोरम पासमा चीनको उपस्थिति बलियो हुनुपर्छ र भारतले त्यहाँ पहुँच पाउँदा चीनलाई रणनीतिक क्षति पुग्न सक्छ । त्यसलाई रोक्न उत्तरी लद्दाखमा चीनको सैन्य उपस्थिति झनै घनीभूत भएको हो ।
भारतका सामरिक मामिलाविद् प्रवीण साहनी भारतविरुद्ध चीन तत्कालै युद्धमा नजाने र आणविक हतियार प्रयोग नगर्ने बताउँछन् । भारत र चीनबीच युद्ध अवश्यम्भावी छ तर त्यो परम्परागत किसिमको युद्ध हुने, आणविक युद्ध नहुने उनको कथन छ । बहुपक्षीय, बहुक्षेत्रीय र बहुदिशागत युद्ध हुने उनी बताउँछन् । त्यो युद्ध नहुन्जेल चीनले भारतलाई सूचना युद्ध वा मनोवैज्ञानिक युद्धको दबाबमा राखिरहने साहनीको दाबी छ ।
त्यसैले भारतमाथि चीनको सैन्य दबाब कायम रहिरहने देखिन्छ । रणनीतिक स्वायत्तताको उपयोग गर्दै भारतले अमेरिकाप्रतिको अतिनिर्भरतालाई कम गर्ने र चीनसँगको कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउने नै उत्तम उपाय भएको विश्लेषकहरूको मत छ ।
चीनसँगको युद्ध भएको खण्डमा अमेरिका सहयोग गर्न आउँदैन भनी भारतका रक्षा मामिलाविद् भरत कार्नाडले गरेको दाबीलाई भारतीय संस्थापनले मनन गर्नु जरूरी देखिन्छ ।
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...