गुरु घिमिरेको कविता संग्रह ‘मृत्युसँगको साक्षात्कार’ विमोचन

लेखक तथा राजनीतिकर्मी गुरुराज घिमिरेको कविता संग्रह ‘मृत्युसँगको साक्षात्कार’ विमोचन भएको छ । 

घिमिरेको छैटौं कृति तथा दोस्रो कविता संग्रहको आज (शुक्रवार) भक्तपुरको कौशलटारको एक पार्टी प्यालेसमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, डा. मीनेन्द्र रिजाल, प्रकाशमान सिंहलगायत नेताले विमोचन गरेका थिए ।


Advertisement

कविता थोरै शब्दमा धेरै कुरा भन्न सक्ने वा बुझाउन सक्ने विधा हो । कानबाट छिरेर हृदयमा जागृत गराउने विधा भएको र यसले संसारका धेरै आन्दोलन सफल पार्ने महत्त्वपूर्ण भूमिका खेलेको भन्दै कविताले राजनीति गर्नेहरूलाई पनि सचेत बनाउने घिमिरेको भनाइ छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्